१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

रवितर्फ संकेत गर्दै विश्वप्रकाशले भने: राजनीतिमा गएपछि मिडियाजति सबै खराब भन्न मिल्छ ?

२० चैत्र २०७९, सोमबार १०:५२

चैत २०, चितवन | नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मिडियाप्रति लाल्छना लगाउनु गलत भएको बताएका छन् । आगामी वैशाख १० गते हुने प्रतिनिधिसभाको उपनिर्वाचनको सन्र्दभमा कांग्रेस उम्मेदवार जितनारायण श्रेष्ठको मनोनयन दर्ताको लागि चितवन पुगेका शर्माले लामिछानेको प्रवित्तिको आलोचना गरेका हुन् ।

चितवनमा आयोजना भएको आमसभामा बोल्दै शर्माले यस्तो बताएका हुन् ।

‘‘यो देशको लोकतन्त्रमा राजनीतिक दलको मात्र होइन, मिडियाले पनि उत्तिकै योगदान गरेका छन् । लोकतन्त्रका लागि रगत बगाएका छन् । सहादत दिएका छन्, संघर्ष गरेका छन् । म पनि टेलिभिजनमा सामाजिक रूपान्तरणको कार्यक्रम ‘ऐना’ चलाएर आएको हुँ’, रवितर्फ संकेत गर्दै शर्माले भने, ‘टेलिभिजनमा हुन्जेल नेताजति सबै खराब, राजनीतिमा गएपछि मिडियाजति सबै खराब, १२ भाइ खराब भन्ने कुरा नैतिक हुन सक्दैन ।’

शर्माले चितवन कांग्रेसले जितनारायणलाई उम्मेदवार बनाएर न्याय गरेको भन्दै यो पटक कांग्रेसको जित हुने दाबी गरे ।

उनले भने, ‘आज पार्टीले ठीक निर्णय गरेको छ । जीतनारायणजीलाई उम्मेदवार बनाएको छ । तपाईंहरूले परिणाममा पनि नामजस्तै जीतनारायण बनाउनुहुनेछ ।’ लोकतन्त्रमा जनताकेन्द्रित भएर काम हुनुपर्छ । तर, लोकतन्त्रमा भएको कमी–कमजोरी देखाउने मात्र एजेन्डा हुन सक्दैन भन्दै शर्माले जहिले पनि सतिले सरापेको कारण देश बनेन भनेर कुर्लेर मात्र देश निर्माण नहुने बताए । गठवन्धनको तर्फबाट उम्मेदवार बनेका जितनारायणले चितवनको सबैखाले विषय बुझेको र उनले जिते समग्र चितवनको मुहार फेरिने शर्माको भनाई रहेको छ ।

प्रचण्डलाई नो नट अगेन भन्नेले उनकै मन्त्रिमण्डलमा सहभागी हुन्न भन्न नसक्नु लाजमर्दो विषय भएको बताउँदै शर्माले चितवन–२ का जनताले अब आवेगमा निर्णय नगर्ने बताए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड