Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २५ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

अभिनन्दनपछि पूर्वराजाको मन्तव्य- सतही फेरबदल र टालटुले प्रणालीले कुनै खँदिलो परिणाम दिँदैन

२०७९, २० चैत्र सोमबार १२:०२

चैत २०, काठमाडौँ | इनरुवामा आयोजित एक विशाल सभामा पूर्वराजा ज्ञानेन्द्र शाहलाई ‘नागरिक अभिनन्दन’ गरिएको छ । अभिनन्दनपछि पूर्वराजाले लिखित सम्बोधन गरे ।

शाहले तन-मन र धनमा लोभ्याएर सामाजिक संरचना च्यात्ने प्रयास भएको बताएका छन् । परिवर्तन देखाउने नाममा अहिलेको कोरा र सतही खेल, आलटाल र टालटुलको प्रणालीले खँदिलो परिणाम दिन नसक्ने उनको टिप्पणी थियो ।

शाहले भने, ‘अहिले त्यत्ति परिवार, समूह, दल, गुट, उपगुटमा अल्झिएर प्रणाली चलिरहेको छ । यसले हामी र हाम्रो भन्ने राष्ट्रिय अवधारणालाई प्रवाह गर्न सक्दैन ।’

यही पाराले राष्ट्रियता र एकताको रक्षा गर्न नसकिने पनि उनको भनाइ थियो । शाहले राष्ट्र, राष्ट्रियता, स्वाभिमान अखण्डता र सार्वभौमिक स्वतन्त्रता कायम गर्नुपर्ने बेला आएको बताए । सुशासन र शान्तिको माध्यमबाट चौतर्फी विकासको बोटमा लाग्नुपर्नेमा जोड दिए ।

‘राष्ट्र नै हाम्रो ब्रम्ह हो । आफ्नो भूभागका जनता नै हाम्रा विधाता हुन् । यही प्रकृति र यिनै प्राणीको बोध गर्नु नै हाम्रो अहं धर्म हो,’ उनले भने, ‘त्यसैले व्यक्ति, परिवार, समूह, गुट र उपगुटमा अल्झिएर होइन, अब हामीले हामी र हाम्रो भन्ने सुहाउँदो राष्ट्रिय अवधारणालाई प्रवाह गर्न सक्नुपर्छ ।’ शाहले आफूलाई अभिनन्दन गरिएकोप्रति आभार प्रकट गरेका थिए । यसबाट देशको माया, चिन्ता र चासो प्रस्तुत भएको उनले बताए ।

नागरिक अभिनन्दन कार्यक्रम कोशी र मधेसबाट सर्वसाधारणको सहभागिता रहेको थियो । कार्यक्रममा राजतन्त्रको पक्षमा नारा लागेको थियो । कार्यक्रममा सहभागीहरूले गणतन्त्रको विरोधमा समेत नाराबाजी गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करिब एक महिना लामाे बिदापछि सर्वोच्च फर्किइन् न्यायाधीश मल्ल सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो सर्वदलीय बैठक सिंहदरबारमा जारी नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्षमा डिकबहादुर खत्री निर्वाचित वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा दुई जना पक्राउ एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने रोजगारी प्रवर्द्धनका क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्छ: माधव नेपाल अब हाम्रो लक्ष्य केवल वैकल्पिक शक्ति बन्ने होइन, मुलुकको नेतृत्व गर्ने सक्षम राजनीतिक शक्ति बन्ने हो: रवि लामिछाने हामीले विगतका निर्णयहरू कार्यान्वयन भए–नभएको राम्रोसँग समीक्षा गर्नुपर्छ: सभामुख अर्याल बजेटमा सबै विषयलाई समेट्ने प्रयास गरिएको देखिन्छ: वर्षमान पुन हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै