चैत २१, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने विरुद्धको रिट सर्वाेच्च अदालतका न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलाशमा पेशी तोकिएको छ ।
अधिवक्ता युवराज सफलले लामिछानेमाथि राहदानी दुरुपयोग मुद्दामा कारवाही हुनुपर्ने माग गर्दै रिट दर्ता गरेका थिए ।
महान्यायाधिवक्ताको कार्यालयले लामिछानेविरुद्ध मुद्दा नचलाउने भनेर गेको निर्णयविरुद्ध सफलले सर्वाेच्चमा रिट दिएका हुन् ।