१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

मेरा कारणले एकजना पनि पीडित भएको छैन, तर सिध्याउन मुद्दामाथि मुद्दा हालियो : रवि लामिछाने

२१ चैत्र २०७९, मंगलवार ०७:२८

चैत २१, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो कारणबाट अहिलेसम्म एक जना मान्छे  पनि पीडित नभएको बताएका छन्। वैशाख १० गते हुने उपनिर्वाचनमा उम्मेदवारी दर्तापछि घरदैलो कार्यक्रममा बोल्दै उनले आफूलाई सिध्याउन र तर्साउन मुद्दामाथि मुद्दा हालिएको बताए।

उनले भने, ‘अझै पनि भ्रममा पारेर यसलाई तर्साउन सकिन्छ कि सिध्याउन सकिन्छ कि भनेर मुद्दामाथि मुद्दा हालेको देखिएको छ। मलाई यो मुद्दाहरूसँग केही लिनु छैन। मैले नेपाली जनतादेखि राज्यलाई आफ्नो अवस्थाबारे इमानदारीपूर्वक बताएको छु। मैले केही लुकाएको र छिपाएको छैन। यसले अपराध गर्यो। यसले गरेको अपराधबाट यो मान्छे पीडित भयो भनेर एक जना मान्छे देखाइदिनुस्। मेरा कारणबाट कोही पीडित भएको छैन।’

उनले आफूहरूको शान्त विद्रोह गरेर कसैलाई केही नगरीकन २० सिट जितेको बताए।

उनले भने, ‘कसैलाई ढुंगा नहानी, रेलिङ नभाँची, टायर नबालीकन पनि यो देशमा क्रान्ति गर्न सकिन्छ भन्ने कुरा ६ महिनामा २० जना सांसद ल्याएर हामीले प्रस्तुत गरेका हौँ। यो शान्त विद्रोहबाट किन यति धेरै आत्तिएका हुन् भन्ने मलाई थाहा छैन। हामी आफ्नो हालीमुहालीको लागि होइन, असल मान्छेहरूका लागि पार्टी बनाइरहेका छौँ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड