२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

मधेस सरकारबाट बाहिरियो एमाले, ५ मन्त्रीले दिए राजीनामा

२०७९, २१ चैत्र मंगलवार १०:४५

चैत २१, काठमाडौँ | केन्द्रमा सत्ता समीकरण बदलिएसँगै मधेस प्रदेश सरकारबाट पनि नेकपा (एमाले) बाहिरिएको छ । नेकपा एमालेका मन्त्रीहरूले आज संयुक्त रुपमा दिनुभएको राजीनामा मुख्यमन्त्री सरोजकुमार यादवले स्वीकृत गरेसँगै एमाले प्रदेश सरकारबाट बाहिरिएको हो ।  मधेस प्रदेश सरकारमा एमालेका चार मन्त्री र एक राज्यमन्त्रीसहित पाँच जना सहभागी हुनुहुन्थ्यो । 

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सञ्चारकर्मीसँग कुरा गर्दै मुख्यमन्त्री यादवले केन्द्रमा राजनीतिक समीकरण परिवर्तन भएपछि एमालेका मन्त्रीहरुले राजीनामा बुझाएको बताउनुभयो । “केन्द्रमा सत्ता समीकरण बदलिएलगत्तै एमालेका मन्त्रीहरुले राजीनामा दिनेबारे परामर्श गर्नुभएको थियो तर त्यसबेला मैले नै पर्खिन भनेको थिएँ”, मुख्यमन्त्री यादवले भन्नुभयो, “केन्द्रमा गठबन्धन दलको निर्णय र विकसित राजनीतिक अवस्थाका कारण उहाँहरुले नैतिकताका आधारमा राजीनामा बुझाउनुभएको हो ।” बाँकी प्रक्रिया नयाँ गठबन्धन दलको सहमतिमा हुने उहाँको भनाइ छ । मुख्यमन्त्री यादवले बारा निर्वाचन क्षेत्र नं २ को निर्वाचनपछि नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)सहित सरकार विस्तार हुनेमा विश्वास व्यक्त गर्नुभयो । 

नेकपा एमालेका नेता एवं निवर्तमान कानुन, न्याय तथा प्रदेशसभा मामिला मन्त्री राजकुमार लेखीले केन्द्रमा सत्ता गठबन्धन फेरिएपछि आफूहरुले नैतिकताका आधारमा राजीनामा दिएको बताउनुभयो । राजीनामा बुझाइसकेपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उहाँले मुख्यमन्त्रीको सहजताका लागि आफूहरु सरकारबाट बाहिरएको तर समर्थन फिर्ता लिने वा कायम राख्ने भन्ने विषयमा अहिले निर्णय नभइसकेको बताउनुभयो । 

मधेस प्रदेश सरकारमा एमालेका तर्फबाट संसदीय दलका नेता सरोजकुमार यादव भौतिक पूर्वाधार तथा विकास, राजकुमार लेखी कानुन, न्याय तथा प्रदेश सभा मामिला, शत्रुधनप्रसाद सिंह गृह तथा सञ्चार र मोहम्मद जैद आलम महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री हुनुहुन्थ्यो । साथै केशव राय गृह तथा सञ्चार राज्यमन्त्री हुनुहुन्थ्यो । 

बारा क्षेत्र नं २ मा जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवविरुद्ध एमालेले उम्मेदवारी दिएपछि एमालेका मन्त्रीहरुले राजीनामा दिएका हुन् । उक्त निर्वाचन क्षेत्रमा उपनिर्वाचनका लागि जसपा अध्यक्ष यादवविरुद्ध जनमत पार्टीले पनि उम्मेदवारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस