१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

मिटरब्याजी पीडितलाई सरकारले भन्यो : काठमाडौँ आएर दुःख पाउने होइन आफ्नो ठाउँ फर्किनुपर्छ

२१ चैत्र २०७९, मंगलवार ११:२९

चैत २१, काठमाडौँ | सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले तराईका विभिन्न ठाउँबाट काठमाडौँ आएका मिटरब्याजी पीडितलाई काठमाडौँ आएर दुःख पाउन नहुने बताएकी छन् । सरकारकी प्रवक्ता समेत रहेकी शर्माले सरकारले मिटरब्याजी पीडितलाई न्याय हुनेगरी शक्तिशाली जाँचबुझ आयोग र अपराध संहिता संशोधन प्रक्र्रिया अघि बढेकाले काठमाडौँ आएर दुःख नपाउन सुझाव दिएकी छन् । 

‘मिटरब्याजसँग सम्बन्धित समस्याका विषयमा जाँच बुझ आयोग गठन भएको छ । खास मिटरब्याज पीडितलाई सम्बोधन गर्ने अरुलाई नगर्ने आशयको होइन । यो आयोगले मिटरब्याजीसँग सम्बन्धी सबै समस्या सदाका लागि सम्बोधन गर्ने उद्देश्यसहित गठन गरिएको हो । यसको मुख्यालय जनकपुरमा राखिएको छ’ शर्माले भनिन्, ‘पीडितहरुले आफ्ना कुरा सहजढंगले पु¥याउन सकुन् भनेर हो । जनकपुरमै कार्यालय राखिएको छ ।  मिटरब्याजीका के कस्ता समस्याहरु छन् ? समस्याका सामान कसरी गर्ने भन्ने सुझाव दिने छ ।’

मिटरब्याजी पीडितहरुले मन्त्रिपरिषद् गरेको निर्णय विस्तृत रुपमा थाहा नपाएर आएको हुन सक्ने भएकाले विस्तृत रुपमा बुझ्न शर्माले आग्रह गरिन् । ‘मन्त्रिपरिषद्का निर्णय थाहा नपाएर आउनु भएको हुनसक्छ । उहाँहरुसँग विस्तृतमा छलफल र कुराकानी हुने छ । उहाँहरु काठमाडौँमा दुःख पाउने होइन । उहाँहरु आफ्नो ठाउँमा फर्किनुहुन्छ’ शर्माले भनिन्, ‘सरकारले मिटरब्याजी पीडितको समस्या समाधान गर्न जाँच बुझ आयोग गठनगरी सकेको छ । सबै समस्या शादका लागि समाधान हुनेगरी अघि बढेको छ । यसलाई कानुनी दायरामा ल्याउन अपराध संहिता २०७४ लाई पनि संशोधन गर्ने निर्णयगरी सकेका छौं ।’ 

विगतमा कानुन नहुँदा मिटरब्याजीलाई समाउन नसकिएको शर्माले बताइन् । अब अपराध संहिता संशोधन भएमा सबै मिटरब्याजी कानुनी दायरामा आउने शर्माको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड