2026-07-27 01:37 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

यूएई पनि विश्वकप छनोटमा, यी हुन् विश्वकप छनोट खेल्न टुंगो लागेका ९ टोली

चैत २२, काठमाडौं | जिम्बावेमा आगामी जुन-जुलाईमा हुने विश्वकप क्रिकेट छनोट खेल्ने ९ टोलीको टुङ्गो लागेको छ । नामिबियामा भइरहेको क्वालिफायर प्लेअफबाट अमेरिकासँगै यूएईले पनि विश्वकप छनोटमा स्थान पक्का गरेको हो ।

क्वालिफायर प्लेअफमा मंगलबारको दुई खेलको नतिजापछि यूएईले ओडीआई मान्यता बचाउनुका साथै विश्वकप छनोटमा पनि स्थान पक्का गरेको हो । अमेरिकाले ५ मध्ये ४ खेल जितेर ८ अंक जोड्दै शीर्ष स्थान रहेर विश्वकप छनोटमा स्थान बनायो । यस्तै नामिबियाले अन्तिम खेल जित्दै ५ खेलबाट ६ अंक जोडेको छ । एक खेल खेल्न बाँकी हुँदा यूएईको पनि ६ अंक नै छ । हाल यूएई तेस्रोमा छ बुधबार जर्सीसँग अन्तिम खेल खेल्दैछ । उक्त खेलमा हारेपनि यूएईलाई असर गर्ने छैन ।

तर प्रतियोगिताको नियमअनुसार दुई टिमको अंक बराबर भएमा हेड टु हेड हेरिनेछ । यस्तोमा यूएईले यसअघि नै नामिबयालाई पराजित गरिसकेको छ । त्यसैले अमेरिका र यूएई क्वालिफायर प्लेअफबाट शीर्ष दुईमा रहेर विश्वकप छनोटमा पुगेको हो ।

लिग टु बाटै ओडीआई मान्यता जोगाएको नामिबिया भने अभागी बन्दै विश्वकप छनोटमा पुग्न सकेन । नामिबियाले अब अर्को लिग टु खेल्नेछ । लिग टु मा अन्तिम दुईमा रहेपनि यूएईको ओडीआई धरापमा परेको थियो तर प्लेअफबाट यूएईले ओडीआई मान्यता जोगउँदा पपुवा न्यु गिनीले भने ओडीआई मान्यता गुमायो । क्वालिफायर प्लेअफमा पपुवा न्युगिनीले चारवटै खेलमा पराजित भइसकेको छ । अब क्यानडासँग बुधबार हुने खेल पपुवा न्यु गिनीका लागि ओडीआई मान्यता गुमाउनुअघि अन्तिम ओडीआई खेल हुनेछ ।

यी हुन् विश्वकप छनोट खेल्ने निश्चित भएका ९ टोली

आगामी अक्टोबर नोभेम्बरमा भारतमा हुने वान डे विश्वकपमा लागि जिम्बावेमा जुन-जुलाईमा विश्वकप छनोट हुँदैछ । जसमा १० टोलीले प्रतिस्पर्धा गर्नेछन् र शीर्ष २ टोलीले मात्र विश्वकपमा स्थान बनाउनेछन् ।

जिम्बावेमा विश्वकप छनोट खेल्ने १० मध्ये ९ टोलीको टुङ्गो लागिसकेको छ ।

सुपर लिगको पुछारका पाँच टिम श्रीलंका, वेष्ट इन्डिज, जिम्बावे र नेदरल्याण्ड्स (एक टिम टुङ्गो लाग्न बाँकी), लिग टु को शीर्ष तीन टिम स्कटल्याण्ड, ओमान र नेपाल तथा क्वालिफायर प्लेअफबाट अमेरिका र यूएईले विश्वकप छनोट खेल्नेछन् ।

अब एक टिमको टुङ्गो लाग्न बाँकी छ ।

सुपर लिग खेलिरहेका दक्षिण अफ्रिका र आयरल्याण्डमध्ये एक टिमले सिधै विश्वकपमा स्थान बनाउनेछ भने एक टिमले विश्वकप छनोट खेल्नुपर्नेछ ।

दक्षिण अफ्रिका विश्वकप सिधै खेल्ने होडमा अघि छ । सुपर लिगमा सबै खेल खेलिसकेको दक्षिण अफ्रिका ९८ अंकसहित आठौं स्थानमा छ । आयरल्याण्डले बंगलादेशसँग तीन खेल खेल्न बाँकी छ र हाल ६८ अंक छ । आयरल्याण्डले सबै खेल जितेमा दक्षिण अफ्रिका समान अंक बराबरी हुनेछ र यस्तो हेड टु हेड र रनरेट निर्णायक हुनेछ ।

यदि आयरल्याण्डले बंगलादेशसँग एक मात्र खेल हारेमा पनि दक्षिण अफ्रिका सिधै विश्वकपमा पुग्नेछ ।

यसपटक चार टेष्ट राष्ट्रले पनि विश्वकप छनोट खेल्नुपर्ने भएको छ । जसमा दुई पूर्वच्याम्पियन वेष्ट इन्डिज र श्रीलंकासमेत छन् । यस्तै आयोजक जिम्बावे लगातार दोस्रो पटक विश्वकप छनोट खेल्दैछ । अब यसमा एक टेष्ट टिम थपिनेछ । यसपटक नेपालले पूर्व विश्वविजेतामध्ये एक टिमसँग खेल्ने लगभग पक्का छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोबाइल नदिएको निहुमा आफ्नै साथीको हातबाट १७ वर्षीय किशोरको मृत्यु गोविन्द केसीको मागबारे छलफल गर्न धनगढीमा वार्ता सुरु एमबीएको प्रश्नपत्र लिक प्रकरणमा स्ववियुले माग्यो छानबिन र डीनको राजीनामा डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली