२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

पोखरा– १८ को पुन: मतगणना गर्न उच्च अदालतको आदेश

२०७९, २२ चैत्र बुधबार ०६:४०

चैत २२, पोखरा | गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनअन्तर्गत पोखरा महानगरपालिका वडा नम्बर १८ को पुन: मतगणना गर्न अदालतले आदेश दिएको छ । उच्च अदालत पोखराका कायममुकायम मुख्यन्यायाधीश डिल्लीराज आचार्य र न्यायाधीश ऋषिराज आचार्यको संयुक्त इजलासले मंगलबार पोखरा– १८ को पुनः मतगणना गर्न आदेश दिएको हो । अदालतले मितिसमेत तोक्दै आउँदो २० वैशाखमा पुनः मतगणना गर्न भनेको छ ।

गत ३० वैशाखमा सम्पन्न निर्वाचनपछि नेपाली कांग्रेसका उम्मेदवार शिवप्रसाद तिमिल्सिनाले एक हजार ६ सय ४३ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका पुष्कल थापाले एक हजार ६ सय ४० मत ल्याएका थिए । जम्मा तीन मत अन्तरले पराजित भएका थापाले तत्कालै पुनः मतगणना गर्न माग गरेका थिए । पोखरामा ३३ बटा वडा रहेका छन् ।

वडाको मतगणना सम्पन्न भएपछि गणनामा बसेका थापाका प्रतिनिधिले गणना सम्पन्न भएको मुचुल्कामा हस्ताक्षर गी मतपेटिका बन्द गरिसकेकाले पुन: गणना गर्न नमिल्ने निर्वाचन अधिकृतको कार्यालयले बताएको थियो ।

आयोगले पुन: गणना गर्न नमिल्ने बताएपछि जम्मा तीन मतले पराजित भएका थापाले पुनः मतगणनाको माग गर्दै उच्च उदालत पोखरामा १८ जेठमा निवेदन दिएका थिए । थापाले निर्वाचन आयोग, जिल्ला निर्वाचन कार्यालय कास्की, निर्वाचन अधिकृतको कार्यालय र विजयी वडाध्यक्ष शिवप्रसाद तिमिल्सिनालाई विपक्षी बनाएर उच्च अदालतमा निवेदन दिएका थिए । 

गणनाका क्रममा नौ मत गायब बनाइएको र आफू तीन मतले हारेको थापाको दाबी छ । थापाको मागबमोजिम अदालतले पुनः मतगणना गर्न आदेश दिएको हो । अदालतले आउँदो २० वैशाखमा मतगणना गर्न मितिसमेत तोकिदिएको छ । थापाका पक्षबाट कानुन व्यवसायी वरिष्ठ अधिवक्ताद्वय हरि सुवेदी र सुरेन्द्र थापामगरसँगै अधिवक्ता मदन तिवारीले बहस गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति