2026-09-21 04:38 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

दीपा शाही भारतीय क्लब लर्डस एफसीमा अनुबन्धित

चैत २२, काठमाडौं | नेपाली महिला टिमकी मिडफिल्डर दीपा शाही भारतीय शिर्ष डिभिजन क्लब लर्डस फुटबल क्लबमा अनुबन्ध भएकी छिन् । उनी यस सिजनको लिगका लागि अनुबन्ध भएकी हुन् । उनले ३ दिन अघि लर्डससँग लिखित सम्झौता गरेकी हुन् ।

राष्ट्रिय टिममा डेब्यु गरेको १८ महिनामा नै उनले विदेशी लिगमा खेल्ने अवसर पाएकी छन् । काठमाडौंमा भएको राष्ट्रिय उपमेयर कपमा उत्कृष्ट प्रदर्शन गरेकी दीपाले त्यसपछि साफ यू–१८ को प्रतियोगिता खेलिन् ।

साफ यू–१८ मा मिडफिल्डमा बलियो पकड बनाएकी उनी त्यसपछि विभागीग क्लब त्रिभुवन आर्मीमा आबद्ध भइन् ।

रेनुका नगरकोटी घाइते भएपछि दीपाले साफ च्याम्पियनसिपमा पहिलो रोजाइमा रहँदै भुटानविरुद्धको खेलमा राष्ट्रिय टिममा डेब्यु गरेकी थिइन् ।

उनले गत महिना सम्पन्न यू–२० प्रतियोगितामा पनि उच्च प्रदर्शन गरेकी थिइन् ।

जसका कारण राष्ट्रिय टिममा आएको छोटो समयमा नै दीपाले विदेशी लिगमा अनुबन्ध हुन पाएकी हुन् । नेपालबाट यसअघि सावित्रा भण्डारी र अनिता बस्नेतले भारतीय लिग खेलिसकेका छन् ।

सावित्राली सेथु एफसी र गोकुलम केरालाबाट लिग उपाधि जितेकी हुन् । अनिताले सावित्रासँगै खेल्दा सेथुबाट लिग जितेकी थिइन् ।

यसपटक पनि गोकुलमले सावित्रालाई अनुबन्ध गरिसकेको छ । लिग भने अप्रिल २५ बाट सुरु हुँदैछ । जसमा १६ टिमको सहभागिता रहनेछ । १६ टिमलाई दुई समुहमा विभाजित गरी लिग सञ्चालन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल