१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

रवि लामिछाने भन्छन्- सम्भवत: सबैभन्दा धेरै उजुरी पर्ने मान्छे म नै होला

२२ चैत्र २०७९, बुधबार ०८:०८

चैत २२, काठमाडौं | राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो काँधमा देशको सबैभन्दा ठुलो पार्टी बनाएर देश निर्माण गर्ने जिम्मेवारी रहेको बताएका छन्।

चितवनमा चुनावी अभियानका क्रममा उनले भने, ‘सम्भवत: सबैभन्दा धेरै उजुरी पर्ने मान्छे मै होला। मलाई थाहा छ। मेरो काँधमा पार्टीलाई सबैभन्दा ठुलो बनाउने जिम्मेवारी पनि छ। त्यसैले त मेरो काँधमा यति धेरै उजुरी परेका छन्। ती उजुरीहरूको जवाफ म दिँदै जाउला। तर, तपार्ईंले दिने जवाफ वैशाख १० को मतपत्रले मात्रै दिन्छ। यो मुलुक बनाउँछु भनेर आएको हुँ। म अहिले एक्लै छैन १९ जना सांसद साथीहरू संसदमा हुनुहुन्छ। हामीलाई केही डर छैन।’

उनले पदमा पुगेर शक्ति आर्जन गरेर दुरुपयोग गर्ने कुनै योजना नभएको बताए। राम्रो काम गर्छु भन्दा धेरै दुख पाएको इतिहास रहेको बताउँदै केही गर्छु भन्नेलाई केही पनि नगर्नेहरूले दुख दिइरहेको टिप्पणी गरे।

उनले भने, ‘आज केही हानी नगर्दा जवाफमाथि जवाफ दिएर बसेको छु। भ्रष्टाचारीहरू जेल जान नपर्ने, भ्रष्टाचारीलाई जेल हालौँ भन्नेलाई जेल हाल्न तयार भएर बसेका छन्। हेर्नुहोला यिनै हातले भ्रष्टहरूलाई जेल कोच्न हस्ताक्षर गरेको कागज यहाँ लिएर आउनेछु।’

उनले आफ्नो पक्षमा पहिलाको भन्दा डब्बल माहोल बनेर आएको दाबी गरे।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड