१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

क्रोएसिया र रोमानिया हिँडेका ११ जना नेपाली विमानस्थलबाट पक्राउ

२३ चैत्र २०७९, बिहीबार ०६:२०

चैत २३, काठमाडौं | त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्‍थलबाट प्रहरीले शंकास्पद ढ‌ंगले दुबईलाई ट्रान्जिट बनाइ क्रोएसिया र रोमानिया हिँडेका ११ जना नेपालीलाई पक्राउ गरेको छ। 

विमानस्‍थलस्थित प्रहरीले बुधबार साँझ उनीहरूलाई  ३३ हजार अमेरिकी डलरसहित पक्राउ गरेको हो। विमानस्थल प्रहरीको सुरक्षा जाँचका क्रममा डलरसहित उनीहरू पक्राउ परेका हुन्। 

पक्राउ पर्नेमा बागलुङका चन्द्रकान्त चालिसे,बुद्धवीर वाग्ले र पृथलाल घर्ती, काभ्रेका अर्जुनकुमार श्रेष्ठ, म्याग्दीका नरबहादुर गरबुजा र दिलकुमार पुन, रौतहटका लक्ष्मीप्रसाद चिमोरिया, नुवाकोटका टेकारे तामाङ र रामभक्त थापा, धनकुटाका मरिचमान लिम्बू र  सोलुखु्म्बुका दोर्जी तामाङ रहेका  छन्।

पक्राउ परेका प्रत्येक व्यक्तिबाट ३ हजारका दरले कूल ३३ हजार अमेरिकी डलर बरामद भएको हो। उनीहरूको यात्रा संकास्पद देखिएको र डलरको समेत स्रोत नखुलेका कारण पक्राउ गरेको प्रहरी स्रोतले बताएको छ।

उनीहरू फ्लाइट दुबईको ५७६ नम्बरको उडानबाट दुबई जान लागेका थिए। उनीहरूको पासपोर्टमा डलरको विवरण उल्लेख थिएन। उनीहरू दुबईलाई ट्रान्जिट बनाइ रोमानिया र क्रोएसिया जान लागेका थिए।विमानस्थलका प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) लालमणि आचार्यले उनीहरूसँग भएको डलरको विवरण बैंकिङ च्यानलमा थिएन र उनीहरूको यात्रा संकास्पद देखिएकाले पक्राउ गरेको बताए।

ग्लोबल रिक्रूटमेन्ट मेनपावरबाट उनीहरूलाई दुबई पठाइएको थियो। बरामद रकम उक्त मेनपावर सञ्चालककै हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट देखाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले  जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड