२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

क्रोएसिया र रोमानिया हिँडेका ११ जना नेपाली विमानस्थलबाट पक्राउ

२०७९, २३ चैत्र बिहीबार ०६:२०

चैत २३, काठमाडौं | त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्‍थलबाट प्रहरीले शंकास्पद ढ‌ंगले दुबईलाई ट्रान्जिट बनाइ क्रोएसिया र रोमानिया हिँडेका ११ जना नेपालीलाई पक्राउ गरेको छ। 

विमानस्‍थलस्थित प्रहरीले बुधबार साँझ उनीहरूलाई  ३३ हजार अमेरिकी डलरसहित पक्राउ गरेको हो। विमानस्थल प्रहरीको सुरक्षा जाँचका क्रममा डलरसहित उनीहरू पक्राउ परेका हुन्। 

पक्राउ पर्नेमा बागलुङका चन्द्रकान्त चालिसे,बुद्धवीर वाग्ले र पृथलाल घर्ती, काभ्रेका अर्जुनकुमार श्रेष्ठ, म्याग्दीका नरबहादुर गरबुजा र दिलकुमार पुन, रौतहटका लक्ष्मीप्रसाद चिमोरिया, नुवाकोटका टेकारे तामाङ र रामभक्त थापा, धनकुटाका मरिचमान लिम्बू र  सोलुखु्म्बुका दोर्जी तामाङ रहेका  छन्।

पक्राउ परेका प्रत्येक व्यक्तिबाट ३ हजारका दरले कूल ३३ हजार अमेरिकी डलर बरामद भएको हो। उनीहरूको यात्रा संकास्पद देखिएको र डलरको समेत स्रोत नखुलेका कारण पक्राउ गरेको प्रहरी स्रोतले बताएको छ।

उनीहरू फ्लाइट दुबईको ५७६ नम्बरको उडानबाट दुबई जान लागेका थिए। उनीहरूको पासपोर्टमा डलरको विवरण उल्लेख थिएन। उनीहरू दुबईलाई ट्रान्जिट बनाइ रोमानिया र क्रोएसिया जान लागेका थिए।विमानस्थलका प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) लालमणि आचार्यले उनीहरूसँग भएको डलरको विवरण बैंकिङ च्यानलमा थिएन र उनीहरूको यात्रा संकास्पद देखिएकाले पक्राउ गरेको बताए।

ग्लोबल रिक्रूटमेन्ट मेनपावरबाट उनीहरूलाई दुबई पठाइएको थियो। बरामद रकम उक्त मेनपावर सञ्चालककै हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट देखाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले  जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति