२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

प्रचण्डलाई एमाले सांसद पन्तको कटाक्ष- सय दिनसम्म सरकारलाई पूर्णता दिन नसक्नेले फुर्ति गरेर हुन्छ ?

२०७९, २३ चैत्र बिहीबार ०९:१६

चैत २३, काठमाडौं | नेकपा एमालेका सांसद रघु पन्तले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारलाई पूर्णता दिन नसकेकोप्रति आलोचना गरेको छन् ।

बिहीबारको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सरकारले केही काम गर्न नसकेको भन्दै आलोचना गरेका हुन् ।

उनले भने, ‘देशमा किसानहरुको समस्याबारे चर्चा छ, मुलुकको अहिलेको गम्भिर राजनीतिक आर्थिक अवस्थाबारे न कुनै भिजन छ । अहिलेको सरकारले केही काम गरेको छैन। एउटासँग बिहे गर्यो, अर्कोसँग पोृइल गयो । अनि वरिपरि आठ नौ भाइ जम्मा गरेर टिकेको यो सरकार । सय दिन नाघिसक्दा पुरा मन्त्रिपरिषद् त बनाउन सकेको छैन । त्यस्तो सरकारले के गर्ला ?’

उनले सरकार नीतिहिन, विचारहिन, कार्यक्रमहिन, सिद्धान्तहिन भएको बताए ।

‘यो सरकारको आलोचना गर्दा कोही पनि तात्तिनु पर्दैन । सय दिनसम्म सरकारलाई पूर्णता दिन नसक्नेले फुर्ति गरेर हुन्छ ?’ उनले प्रश्न गरे ।

उनले सरकारको उपलब्धिमा यो बीचमा कति घाम लाग्यो, कति पानी पर्यो ? कति बच्चा जन्मे भन्ने चाहीँ लेख्न छुटाएको भन्दै कटाक्ष गरे ।

उनले भने, ‘प्रधानमन्त्रीले ३७ बुँदे उपलब्धि सार्वजनिक गरेका रहेछ । त्यसमा म एउटा अर्को एउटा बुँदा थप्न सुझाव दिन्छु यो बीचमा कति बच्चा जन्मे, कति पानी पर्यो, कति घाम लाग्यो त्यो लेख्न छुटेछ । तर, सरकारको ३७ बुँदे उपलब्धि पढ्दा त्यो के पढ्या भन्ने नै बुझिँदैन ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति