१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

कांग्रेसले टुरिस्ट उम्मेदवार भनेकोमा स्वर्णिमको जवाफ- सीमा भनेको मान्छेले कोरेको मानचित्रमात्रै हो

२४ चैत्र २०७९, शुक्रबार ०७:३४

चैत २४, तनहुँ । राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट तनहुँ क्षेत्र नम्बर १ का उम्मेदवार डा. स्वर्णिम वाग्लेले सीमा भनेको मानिसले बनाएको मानचित्रमात्रै भएको बताएका छन् ।

आफूलाई टुरिष्ट भन्नेलाई जवाफ दिँदै वाग्लेले भने, ‘सीमा नक्सा भनेका मान्छेले कोरेका मानचित्र हुन् । यस क्षेत्रका शंकर भण्डारीलाई मादी पारि पुर्‍याइदिनुभाछ, म मर्स्याङ्दीपारिको स्वर्णिम वाग्ले यहाँ आएर लड्न नहुने ? तनहुँको प्रदीप पौडेललाई काठमाडौं ५ मा लगेर उतार्नुभयो, उहाँको क्याम्पेनमा मरेर लागेर जिताउन मैले धेरै प्रयास गरेँ ।’

उनले अर्को क्षेत्रमा गएर चुनाव लड्दैमा टुरिष्ट भनेर हेयको भावनाले हेर्न नहुने बताए ।

‘नेपालको संविधानमै कुनैपनि नागरिक जुनसुकै क्षेत्रमा गएर लड्न पाइन्छ भनेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल कास्कीमा जन्मिनुभयो, कहिले सिरहाबाट लड्नुभाछ, अहिले गोरखाबाट जित्नुभयो, यो कुरा चाहीँ अलि बढी संकिर्णता भयो की यस्ता खाले प्रश्न उठाउनका लागि ।’

तनहुँ कुनै एउटा दलको गढ नभई लोकतन्त्रवादीको गढ भएको र रास्वपा पनि लोकतान्त्रिक पार्टी भएको वाग्लेको भनाई थियो ।

‘यहाँका जनता कुनै पार्टीका विचारका बन्दी होइनन्, हामीले सबैको आकर्षित तरिकाबाट मत ल्याउँछौ’, उनले भने ।

चुनाव स्वस्थ प्रतिस्पर्धाबाट लड्ने बताउँदै वाग्लेले आरोप-प्रत्यारोप नगर्ने प्रतिबद्धता जनाए ।

जनताको आकांक्षामा लय मिलाएर अगाडि बढ्ने बताउँदै वाग्लेले भने, ‘लोकतान्त्रिक व्यवस्थाको मर्म पनि यही हो ।’


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु