१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

रास्वपा सांसद झाको प्रश्न– यसअघि समेटिएका विषय न्यूनतम साझा कार्यक्रमबाट किन हटाइयो?

२४ चैत्र २०७९, शुक्रबार ०८:२१

चैत २४, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले सरकारले यसअघि जारी गरेको सरकारको न्यूनतम साझा कार्यक्रममा समेटिएका विषय हटाएकोप्रति असन्तुष्टि जनाएका छन्।

शुक्रबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद झाले भने,‘विदेशमा रहेका नेपालीहरुलाई मतदानको अधिकार सुनिश्चित गर्नका लागि आवश्यक निर्वाचन ऐन तर्जुमा गर्ने, टाइम कार्डको व्यवस्था गर्ने, गुणस्तरीय रोजगारी, शिक्षा ऐन, छाता विश्वविद्यालय ऐन र पहुँचयोग्य स्वास्थ्य सेवा ऐन लगायतका केही विषय राष्ट्रिय स्वतन्त्र पार्टीको वाचापत्रबाट सरकारको न्यूनतम साझा कार्यक्रममा समेटिएका छन्। तर, यसभन्दा अघाडि तयार गरिएको सरकारको न्यूनतम साझा कार्यक्रममा समेटिएका कुराहरू किन हटाइयो?’

उनले सञ्चारमाध्यम र राजनीतिक वृत्तमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय सहमतिको सरकार भन्ने गरेको भएपनि सरकारले न्यूनतम साझा कार्यक्रमबाट यसअघिका केही विषय हटाएको भन्दै आपत्ति जनाए।

‘त्यो हटाउने अवस्था किन आयो? अस्तिसम्म प्रधानमन्त्रीको सहमतिको विषय अहिले किन असहमतिको विषय भयो?’, झाले प्रश्न गरे। 

उनले बलात्कार सम्बन्धी घटनाहरूको द्रुत छिनोफानो गर्नका लागि केही शर्तहरु राखिएको विषय र कुनै पनि कालखण्डमा भएका भ्रष्टाचार सम्बन्धी मुद्दा अघाडि बढाइने भन्ने विषय हटाएकोप्रति आपत्ती जनाए।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ