Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २५ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

रवि लामिछानेको राहदानी सम्बन्धी मुद्दा नचलाउने निर्णयको स्वामित्व हामी लिन्छौँ : महान्यायाधिवक्ता पोखरेल

२०७९, २४ चैत्र शुक्रबार ११:१७

चैत २४, काठमाडौँ | महान्यायाधिवक्ता डा.दिनमणि पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको राहदानीसम्बन्धी मुद्दा नचलाउने महान्यायाधिवक्ता कार्यालयको निर्णयलाई राजनीतिक सौदाबाजीको विषय नबनाउन आग्रह गरेका छन् । शुक्रवार महान्यायाधिवक्ता बनेको सय दिनको काम कारबाहीबारे जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो आग्रह गरेका हुन् ।

उनले राहदानी प्रकरण महान्यायाधिवक्ताको कार्यालयले प्रमाणहरुको मूल्यांकन गरी प्रक्रियागत रुपमा नै टुंग्याएको दाबी गरे । उनले भने, ‘जहाँसम्म रादानी प्रकरणको कुरा छ, यसलाई म धेरै भन्न चाहन्न । राहदानी प्रकरणको सम्बन्धमा हामीले प्रमाणहरुको मूल्यांकन गरेर प्रक्रियागत रुपमा आएका कुरालाई हामीले टुंग्याएको हौँ । कहिलेकाहीँ हाम्रो तथ्यका रुपमा पनि समस्या हुन्छ, हामीले नेपाल प्रहरीलाई भनेका छौँ अनुसन्धान पूरा नभइकन आएको डकुमेण्ट हामी स्वीकार गर्दैनौँ भनेका छौँ ।’

 उनले राहदानीको विषयमा अदालतले प्रक्रियागत त्रुटी छ भनेर कतै नलेखेको उल्लेख गर्दै प्रक्रियागत रुपमा नै अनुसन्धान सकिएकाले मुद्दा नचलाउने नर्णय लिएको बताए । पोखरेलले राहदानीसम्बन्धी मुद्दा नचलाउने निर्णय कसैको दबाबमा नभइ विवेकपूर्ण रुपमा गरिएको स्पष्ट पारे । ‘अनुसन्धानको प्रक्रियामा कहीँ त्रुटी छ भनेर अदालतले कतै लेखेको रहेनछ । भनेपछि अनुसन्धान पूरा भएर प्रक्रियागत आयो, त्यसपछि काठमाडौं सरकारी वकील कार्यालयमा आयो, त्यसपछि उच्चमा गयो, म कहाँ आउँदा पनि यहाँ भित्र पनि एक जना सह न्यायाधिवक्ता र एकजना नायव महान्यायाधिवक्ताको माध्यमबाट आउँछ’ उनले भने, ‘राहदानी प्रक्रियागत रुपमा आइसकेपछि प्रमाणको मूल्यांकन गरेर विवेकको प्रयोग गरेर गरिएको निर्णय हो, त्यसैले यसलाई कुनै राजनीतिक सौदाबाजीको विषयसँग जोडिनु अन्याय हुन्छ, त्यसो गरिनु हुँदैन भन्ने हाम्रो मान्यता छ । हाम्रो निर्णयको स्वामित्व हामीले लिएका छौँ ।’

उनले अदालतको फैसलाले नै कतैपनि प्रक्रियागत त्रुटी रहेको उल्लेख नगरेकाले यसलाई कुनै राजनीतिक सौदाबाजीको विषयसँग जोड्नु अन्याय हुने बताए । उनले राहदानीको मुद्दा नचलाउने निर्णयको स्वामित्व महान्यायाधिवक्ता कार्यालयले लिने भन्दै राजनीतिक विषयसँग जोड्न आवश्यक नरहेको जिकिर गरे । पोखरेलले भने, ‘हामीले विश्वासकासाथ यो निर्णय गरेका हौँ । कानून र प्रमाणको मूल्यांकन गरेर हामीले विवेकपूर्ण काम गरेका छौँ, राजनीतिक कुरासँग जोडिनु आवश्यक छैन ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्षमा डिकबहादुर खत्री निर्वाचित वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा दुई जना पक्राउ एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने रोजगारी प्रवर्द्धनका क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्छ: माधव नेपाल अब हाम्रो लक्ष्य केवल वैकल्पिक शक्ति बन्ने होइन, मुलुकको नेतृत्व गर्ने सक्षम राजनीतिक शक्ति बन्ने हो: रवि लामिछाने हामीले विगतका निर्णयहरू कार्यान्वयन भए–नभएको राम्रोसँग समीक्षा गर्नुपर्छ: सभामुख अर्याल बजेटमा सबै विषयलाई समेट्ने प्रयास गरिएको देखिन्छ: वर्षमान पुन हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै