१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सप्तरीमा ज्वाइँको कुटपिटबाट ससुराको मृत्यु

२६ चैत्र २०७९, आईतवार ०५:२९

चैत २६, काठमाडौँ | सप्तरीमा ज्वाइँले कुटपिट गर्दा ससुराको मृत्यु भएको छ।

गत पुस ११ गते रातिको समयमा बोदेबर्साइन नगरपालिका ६ खामगडा बस्ने ५५ वर्षीय छठु महतोलाई उनकै ज्वाइँ सोही नगरपालिकाको वडा नं. ७ बस्ने २३ वर्षीय रामचन्द्र महतोले घरायसी विवादका कारण झै-झगडा हुँदा कुटपिट गरेका थिए।

कुटपिटबाट छठु महतोको नाक, मुख, टाउको र शरीरका विभिन्न भागमा चोट लागेकोमा धरानमा उपचार भएको थियो। स्वास्थ्य अवस्था सुधार भएपछि चैत १८ गते घर फर्केर‍ औषधी सेवन गर्दै आएकोमा शनिबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ।

यता, छठु महतोको मुत्यु हुनुभन्दा अगाडि नै झै-झगडा तथा कुटपिट भएपछि छठु महतोको श्रीमतीले ज्वाइँविरुद्ध जाहेरी दिएकी थिइन्।

ज्यान मार्ने उद्योगमा अनुसन्धानको अभियोग प्रतिवेदनसाथ सप्तरी जिल्ला अदालतमा पेश गर्दा मुद्दाको सुनुवाइको क्रममा प्रतिवादी महतोसँग जिल्ला अदालतले ५० हजार रुपैयाँ धरौटी मागेको थियो।

उक्त धरौटी तिर्न नसकेपछि महतो कारागारमा रहेको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिए।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ