चैत २७, तनहुँ | व्यास नगरपालिका–२ स्थित सत्यवती माध्यमिक विद्यालयमा अध्ययनरत लोपोन्मुख कुसुन्डाकि छोरी सिमान्तलाई विद्यालयले पुरस्कृत गरेको छ । जङ्गलका राजा भनेर चिनिने कुसुण्डाकी छोरी सिमान्त कक्षा ७ बाट उत्तीर्ण भई कक्षा ८ पुगेको खुसीयालीमा पुरस्कृत गरेको हो । 

छो"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... चैत २७, तनहुँ | व्यास नगरपालिका–२ स्थित सत्यवती माध्यमिक विद्यालयमा अध्ययनरत लोपोन्मुख कुसुन्डाकि छोरी सिमान्तलाई विद्यालयले पुरस्कृत गरेको छ । जङ्गलका राजा भनेर चिनिने कुसुण्डाकी छोरी सिमान्त कक्षा ७ बाट उत्तीर्ण भई कक्षा ८ पुगेको खुसीयालीमा पुरस्कृत गरेको हो । 

छो"/>

२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

जङ्गलका राजा कुसुन्डाकी छोरी सिमान्त पुरस्कृत

२०७९, २७ चैत्र सोमबार ०७:१३

चैत २७, तनहुँ | व्यास नगरपालिका–२ स्थित सत्यवती माध्यमिक विद्यालयमा अध्ययनरत लोपोन्मुख कुसुन्डाकि छोरी सिमान्तलाई विद्यालयले पुरस्कृत गरेको छ । जङ्गलका राजा भनेर चिनिने कुसुण्डाकी छोरी सिमान्त कक्षा ७ बाट उत्तीर्ण भई कक्षा ८ पुगेको खुसीयालीमा पुरस्कृत गरेको हो । 

छोरी उत्तीर्ण भएपछि आमा इन्द्रमाया कुसुन्डाकी आमामा खुसी  हुनुभएको छ । सिमान्त उहाँकि मात्र एक सन्तान हुन् । वार्षिक नतिजा प्रकाशन गर्दै विद्यालयले सिमान्तलाई हौसला प्रदान गर्न पुरस्कृत गरेको हो । विद्यालयका प्रधानाध्यापक एकबहादुर गुरुङ र विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक सङ्घका पदाधिकारीले संयुक्त पुरस्कृत गरेका हुन् । 

राजामा कुसुन्डाको २०७५ वैशाख ५ गते निधन भएपछि उहाँको श्रीमती इन्द्रमाया कुसुन्डाले छोरीलाई पालनपोषण र शिक्षा दिँदै आउनुभएको छ । विद्यालयले सिमान्तलाई निःशुल्क पढाइरहेको विद्यालयका प्रधानाध्यापक एकबहादुर गुरुङले जानकारी दिनुभयो । 

कुसुन्डा लोपोन्मुख जातिमा पर्छ । तनहुँमा एक घर परिवार मात्रै कुसुन्डा छन् । इन्द्रमायाको परिवारलाई आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले एक रोपनी जग्गा खरिद गरी व्यास–१० स्थित डिहीकुनामा तीन कोठे घर निर्माण गरिदिएपछि उक्त घरमा बस्दै आउनुभएको छ । 

इन्द्रमाया र छोरी सीमान्तले लोपोन्मुख जातिका रूपमा मासिक रु दुई हजार सामाजिक सुरक्षा भत्ता पाउनुहुन्छ । तर त्यसले आफ्नो आवश्यकता नपुग्ने इन्द्रमायाको गुनासो छ ।  

नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद् तनहुँकी निर्वतमान अध्यक्ष वसुन्धरा घर्तीले लोपोन्मुख जातिको संरक्षणमा सहयोग पु¥याउन इन्द्रमायालाई जागिरको व्यवस्था गर्नुपर्ने बताउनुभयो । 

कसुन्डा जातीको संरक्षणको लागि प्रतिष्ठानले नै विसं २०६१ पुस ७ गते राजामाको विवाह इन्द्रमाया तामाङसँग गराइदिएको थियो । कुसुण्डा स्याउलाका एकपाखे छाना भएका अस्थायी टहरा बनाउँदै फिरन्ते रुपमा जङ्गलका विभिन्न ठाउँमा बसोबास गर्दथे । 

जङ्गली रूख बिरुवाका ठूलाठूला पात गाँसेर ओछ्याउने र ओढ्ने गर्थे । धनुषवाण, कालिग, गोहोरो, वन कुखुरा, मृग, स्याल लगायतको सिकार गर्दथे । वन तरुल, निगुरो, गिठा, भ्याकुर, सिप्लीगान जस्ता जङ्गलमा पाइने कन्दमूल तथा तरकारी खाएर जीवनयापन गर्ने गर्दथे । जङ्गलमै बच्चा जन्माउने, स्वास्थ्य सुरक्षा नहुँदा बच्चा मर्ने जस्ता कारणले कुुुसुण्डा लोप हुँदै गएकाले तनहुँका कुसुण्डा परिवारलाई सामाजिक जीवनमा ल्याइएको हो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन