चैत २७, तनहुँ | व्यास नगरपालिका–२ स्थित सत्यवती माध्यमिक विद्यालयमा अध्ययनरत लोपोन्मुख कुसुन्डाकि छोरी सिमान्तलाई विद्यालयले पुरस्कृत गरेको छ । जङ्गलका राजा भनेर चिनिने कुसुण्डाकी छोरी सिमान्त कक्षा ७ बाट उत्तीर्ण भई कक्षा ८ पुगेको खुसीयालीमा पुरस्कृत गरेको हो ।
छो"/>
छो"/>
चैत २७, तनहुँ | व्यास नगरपालिका–२ स्थित सत्यवती माध्यमिक विद्यालयमा अध्ययनरत लोपोन्मुख कुसुन्डाकि छोरी सिमान्तलाई विद्यालयले पुरस्कृत गरेको छ । जङ्गलका राजा भनेर चिनिने कुसुण्डाकी छोरी सिमान्त कक्षा ७ बाट उत्तीर्ण भई कक्षा ८ पुगेको खुसीयालीमा पुरस्कृत गरेको हो ।
छोरी उत्तीर्ण भएपछि आमा इन्द्रमाया कुसुन्डाकी आमामा खुसी हुनुभएको छ । सिमान्त उहाँकि मात्र एक सन्तान हुन् । वार्षिक नतिजा प्रकाशन गर्दै विद्यालयले सिमान्तलाई हौसला प्रदान गर्न पुरस्कृत गरेको हो । विद्यालयका प्रधानाध्यापक एकबहादुर गुरुङ र विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक सङ्घका पदाधिकारीले संयुक्त पुरस्कृत गरेका हुन् ।
राजामा कुसुन्डाको २०७५ वैशाख ५ गते निधन भएपछि उहाँको श्रीमती इन्द्रमाया कुसुन्डाले छोरीलाई पालनपोषण र शिक्षा दिँदै आउनुभएको छ । विद्यालयले सिमान्तलाई निःशुल्क पढाइरहेको विद्यालयका प्रधानाध्यापक एकबहादुर गुरुङले जानकारी दिनुभयो ।
कुसुन्डा लोपोन्मुख जातिमा पर्छ । तनहुँमा एक घर परिवार मात्रै कुसुन्डा छन् । इन्द्रमायाको परिवारलाई आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले एक रोपनी जग्गा खरिद गरी व्यास–१० स्थित डिहीकुनामा तीन कोठे घर निर्माण गरिदिएपछि उक्त घरमा बस्दै आउनुभएको छ ।
इन्द्रमाया र छोरी सीमान्तले लोपोन्मुख जातिका रूपमा मासिक रु दुई हजार सामाजिक सुरक्षा भत्ता पाउनुहुन्छ । तर त्यसले आफ्नो आवश्यकता नपुग्ने इन्द्रमायाको गुनासो छ ।
नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद् तनहुँकी निर्वतमान अध्यक्ष वसुन्धरा घर्तीले लोपोन्मुख जातिको संरक्षणमा सहयोग पु¥याउन इन्द्रमायालाई जागिरको व्यवस्था गर्नुपर्ने बताउनुभयो ।
कसुन्डा जातीको संरक्षणको लागि प्रतिष्ठानले नै विसं २०६१ पुस ७ गते राजामाको विवाह इन्द्रमाया तामाङसँग गराइदिएको थियो । कुसुण्डा स्याउलाका एकपाखे छाना भएका अस्थायी टहरा बनाउँदै फिरन्ते रुपमा जङ्गलका विभिन्न ठाउँमा बसोबास गर्दथे ।
जङ्गली रूख बिरुवाका ठूलाठूला पात गाँसेर ओछ्याउने र ओढ्ने गर्थे । धनुषवाण, कालिग, गोहोरो, वन कुखुरा, मृग, स्याल लगायतको सिकार गर्दथे । वन तरुल, निगुरो, गिठा, भ्याकुर, सिप्लीगान जस्ता जङ्गलमा पाइने कन्दमूल तथा तरकारी खाएर जीवनयापन गर्ने गर्दथे । जङ्गलमै बच्चा जन्माउने, स्वास्थ्य सुरक्षा नहुँदा बच्चा मर्ने जस्ता कारणले कुुुसुण्डा लोप हुँदै गएकाले तनहुँका कुसुण्डा परिवारलाई सामाजिक जीवनमा ल्याइएको हो ।