१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

देउवालाई प्रमुख विपक्षी दलको नेताको सुविधा दिने तयारी

२७ चैत्र २०७९, सोमबार ०९:५१

चैत २७, काठमाडौँ | संघीय संसद सचिवालयले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रमुख विपक्षी दलको नेताको हैसियतमा ९३ दिनको सुविधा दिने तयारी गरेको छ ।

४ मंसिरको चुनावबाट निर्वाचित सांसदहरुले ७ पुसमा शपथ ग्रहण गरेका थिए । १० पुसमा पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकार बनेको थियो । त्यसबेला सरकारमा सहभागी नभएको कांग्रेस संसदमा प्रमुख विपक्षी दलको बेन्चमा बसेको थियो । २६ पुसमा प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएर पनि कांग्रेस विपक्षी दलको बेन्चमा नै बसेको थियो ।

नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चाले सरकारलाई विश्वासको मत दिएको दल प्रमुख विपक्षी दल हुन नसक्ने दाबी गर्दै आएका छन् । यस विषयमा सर्वोच्च अदालतमा समेत मुद्दा परेको छ । कांग्रेसलाई पमुख विपक्षी दलको मान्यता नदिन माग गर्दै परेको रिट सर्वोच्च अदालतमा विचाराधीन छ । यही बेला संघीय संसद सचिवालयले सरकारमा सहभागी नभएको समयको प्रमुख विपक्षी दलको नेताको मान्यतासहित त्यस अनुसार पाउने सुविधा कांग्रेस सभापति देउवालाई दिने तयारी गरेको हो ।

संघीय संसद सचिवालयका अनुसार कांग्रेस सभापति देउवाले प्रमुख विपक्षी दलको नेताको हैसियतमा ९३ दिनको सेवा सुविधा प्राप्त गर्नेछन् । शेरबहादुर देउवा १० पुस २०७९ देखि ४ चैत २०७९ सम्म प्रमुख विपक्षी दलको नेता रहेको भनी संसदले विपक्षी दलको नेताको हैसियतमा पाप्त हुने सेवा सुविधा दिने तयारी गरेको हो ।

५ चैतमा कांग्रेसले सरकारलाई समर्थन गर्ने र सरकारमा सहभागी हुने निर्णय गरेको थियो । सोही निर्णय अनुसार कांग्रेस सरकारमा सहभागी भइसकेको छ । कांग्रेस सरकारमा सहभागी भइसकेपछि सहभागि हुनुभन्दा अगाडि प्रमुख विपक्षी दलको बेन्चमा बसेको आधारमा देउवालाई सुविधा दिने तयारी गरेको हो । संसद सचिवालयले यसअघि विवाद रहेको भनी देउवालाई अन्य सांसदले पाउने सरह सुविधा उपलब्ध गराएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन