१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

तनहुँ १ मा कांग्रेस उम्मेदवार भट्टराईको प्रतिबद्धता : सबैलाई रोजगारी, सबै घरमा खानेपानी र बिजुली

२९ चैत्र २०७९, बुधबार ०६:३८

चैत २९, तनहुँ | तनहुँ १ मा आउँदो वैशाख १० गते हुने उपनिर्वाचनका उम्मेदवार गोविन्द भट्टराईले सबैलाई रोजगारी, सबै घरमा खानेपानी र सबै घरमा बिजुली पुर्‍याउने प्रतिबद्धता गरेका छन् ।

नेपाली कांग्रेसबाट उम्मेदवार बनेको भट्टराईले निर्वाचन केन्द्रित प्रतिबद्धता पत्र सार्वजनिक गर्दै ५ वर्षभित्र तनहुँ १ मा सबैलाई रोजगारी सबै घरमा खानेपानी सबै घरमा बिजुली पुर्‍याउने प्रतिबद्धता जनाएका हुन् ।

‘सबै विद्यालयको आधुनिकीकरण सबै पालिकामा ५० शय्याको अस्पताल पुर्याउने गरी कार्यक्रमहरू अघि बढाउनेछु,’ उनको प्रतिबद्धता पत्रमा उल्लेख छ । तनहुँ १ का विभिन्न क्षेत्रका सडक स्तरोन्नति तथा कालोपत्रे ५ वर्षभित्र गर्ने प्रतिबद्धता जनाएका छन् । सरकारी मेडिकल कलेजको स्थापना गर्ने गरी प्रक्रिया सुरु गर्नेदेखि तनहुँमा विशिष्टीकृत अस्पताल (प्रसूति, क्यान्सर, मिर्गौला, बाल आदि) स्थापनाको पहल गर्ने प्रतिबद्धता भट्टराईले जनाएका छन् ।

उम्मेदवार भट्टराईले सुशासन आफ्नो उच्च प्राथमिकताको विषय हुने बताए । ‘भ्रष्टाचार न्यूनीकरणका लागि मेरो ऊर्जा प्रयोग हुनेछ । सबै पालिकाले घरघरमा नै सेवा दिने अवस्था सिर्जना गरिनेछ,’ उनले भनेका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ