१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

रास्वपालाई इमानको कशीमा ताज पहिराएर सबैभन्दा माथि राख्छु– रवि लामिछाने

२९ चैत्र २०७९, बुधबार ०७:४९

चैत २९, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीलाई इमानको कशीमा सबैभन्दा माथि ताज पहिर्याएर राख्ने बताएका छन् । चितवनको चुनावी सभालाई सम्बोधन गर्दै उनले पार्टीका विवादित सांसद ढाकाकुमार श्रेष्ठलक्षित टिप्पणी गर्दै उनले भ्रष्टाचारका मुद्दामा पार्टीले ऐतिहासिक निर्णय लिने बताएका हुन् ।

‘राष्ट्रिय स्वतन्त्र पार्टीलाई इमानको कशीमा सबैभन्दा कडा र सबैभन्दा माथि ताज पहिर्याएर राख्ने अभिलासा छ मेरो । म यो पुरा गर्छु । आफ्नालाई हेरेर होइन्, आम नागरिकलाई आफ्नो सोचेर निर्णय गर्नपर्ने हुन्छ,’– उनले भने ।

ऐतिहासिक घटनाक्रममा ऐतिहासिक निर्णय लिने उनले बताएका छन् । व्यक्तिको हितलाई हेरे भन्दा पनि आम नागरिकको हितमा निर्णय हुने उनले बताए । ‘इतिहास त्यतिखेर बन्छ, जब ऐतिहासिक घटनाक्रम आउँदा मान्छेले ऐतिहासिक निर्णय लिन्छ । पार्टीले राजनीतिक निर्णय लिँदा त्यो निर्णय व्यक्तिलाई हेरेर लियो कि मुलुकलाई हेरेर लियो ? त्यो भन्दा बाहेक अरु सोच्न हुँदैन,’– उनले भने ।

उक्त निर्णयमा विधि, कानुन र राजनीतका स्थापित मान्यताहरुका आधारमा निर्णय लिने बताए । आफूहरुका लागि जनतासँग गरेका वाचा र सुशासन महत्वपूर्ण भएको उनले बताए ।

‘भर्खरै सुरुवात भएको, नौ महिनामात्रै भएको पार्टीको जिम्मेवार सभापतिको हैसियतले यो बेलामा विधि के हो ? कानुनले के भन्छ ? राजनीतका स्थापित मान्यताहरु कस्तो हुनुपर्दछ ? राजनीति के का लागि गरेका हौं ? हामी किन राजनीतिमा आयौं ? आम जनताले छ महिनाभित्र हामीलाई जनताले यतिधेरै विश्वास किन दिए ? यो देशलाई माया गर्ने मानिसहरु आज यो पार्टीबाट राजनीतिक यात्रा किन सुरु गर्न चाहन्छन् ? हामीले जनताको घरदैलोमा पुगेर के के वाचा गर्यौं ? सबै कुराहरु हाम्रा लागि महत्वपूर्ण कुुरा हुन्,’– उनले भने ।

रास्वपा सांसद श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईँसँग दुई करोड रुपैया घुस मागेको अडियो सार्वजनिक भएपछि उनी विवादमा छन् । श्रेष्ठलाई पार्टीको अनुशासन समितिले स्पष्टीकरण सोधिसकेको छ । रास्वपाको आज बस्ने केन्द्रीय समितिको बैठकले उनलाई के कारबाही गर्ने भन्ने बारेमा निर्णय लिने छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन