१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

संसदमा सवारी दुर्घटनादेखि गोर्खा आन्दोलनसम्म बहस

२९ चैत्र २०७९, बुधबार ०८:४०

चैत २९, काठमाडौँ | बैतडीमा भएको सवारी दुर्घटना, मिटर ब्याज, स्मार्ट टेलिकमको नवीकरण र समान पेन्सनका लागि गोर्खा सैनिकद्वारा भइरहेको आन्दोलनबारे सदनमार्फत सरकारको ध्यानाकर्षण गरिएको छ । 

प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा भाग लिँदै सांसद भानुभक्त जोशी भारतका विभिन्न स्थानमा श्रम गरी जन्मथलो बझाङ फर्कने क्रममा वैतडीमा भएको सवारी दुर्घटनमा छ जना मृत्यु हुनका साथै पाँचजना घाइते भएको जानकारी दिनुभयो ।


 उहाँले दुर्घटनामा परेका परिवारजनले घाइतेको उपचार र क्षतिपूर्तिको माग गर्दै सडक अवरुद्ध गरेकाले समस्याको समाधानका लागि उचित पहल गर्न गृहमन्त्रालयको ध्यानाकर्षण गराउनुभयो । 

सांसद ज्ञानबहादुर शाहीले जुम्लासहित कर्णाली प्रदेशमा ठूलो सङ्ख्यामा मानिसहरु मिटर ब्याजको चपेटामा परेकोबारे सदनको ध्यानाकर्षण गराउनुभयो । उहाँले भन्नुभयो, “वास्तविक मिटर ब्याजीको काम  सरकारले नै गरिरहेको छ, विकाससहित पूर्वाधार निर्माणमा लगाउनुपर्ने पैसा सरकारी खातामा राखेर ब्याज खाइरहेको छ, सरकारको ब्याज खाने कार्यले विकास निर्माणका ठप्प भएको र ठेकेदारले रकम निकासा पाउन नसकेको अवस्था छ ।”

सांसद पदम गिरीले  सरकारले स्मार्ट टेलिकम प्रालिलाई नवीकरण शुल्क नलिइ  २५ वर्षका लागि अनुमति  दिन लागेको सूचना प्राप्त भएकाले त्यसलाई रोक्न आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “उक्त कम्पनीले पहिलेको रु पाँच अर्ब भुक्तान गर्न बाँकी रहेको तथा अहिले नवीकरण दस्तुर रु २३ अर्ब तिनुपर्नेमा मन्त्रिपरिषदले त्यसमा भारी छुट दिएर नवीकरण गर्न लागेको भन्ने सूचना प्राप्त भएको छ । यो कार्य  नीतिगत भ्रष्टाचार भएकाले रोकिनुपर्छ ।”

सांसद मानवीर राईले जीवनको महत्वपूर्ण ऊर्जाशील समय बेलायतका लागि लडेका गोर्खा सैनिक समान पेन्सनका लागि आन्दोलन गरिरहेकाले उनीहरुको माग मुद्दाको पक्षमा उभिन सरकारसँग माग गर्नुभयो । उहाँले भन्नुभयो, “समान पेन्सनका लागि गोर्खा सैनिक आन्दोलनमा रहेकाले आगामी हुने वार्तामा अन्यायमा परेका आफ्ना नागरिकको पक्षमा बेलायतसँग गम्भीरताकासाथ प्रस्तुत हुन आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु