१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

स्वर्णिम वाग्लेलाई सुरेन्द्र पाण्डेको प्रश्न : टिकट पाउन कति पैसा तिर्नुभयो ?

२९ चैत्र २०७९, बुधबार ११:००

चैत २९, काठमाडौँ | नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेले स्वर्णिम वाग्लेको आवश्यकता कांग्रेस पार्टीमा नरहेको बताएका छन् । पार्टीमा योगदान र लगानी नभएको भन्दै वाग्लेले पार्टी छाडेको बिषयलाई धेरै ‘हाइलाइट’ गर्नु आवश्यक नरहेको उनले बताए ।

‘उहाँ बुढानीलकण्ठ स्कुलबाट एसएलसी दिनेबित्तिकै विदेश जानुभयो, उतै जागिर खानुभयो’, बुधबार गोरखामा पत्रकारहरुसँग कुरकानी गर्दै पाण्डेले भने, ‘हाम्रै नेतृत्वले ल्याएर योजना आयोगमा अवसर दियो, त्यसपछि मात्र तपाईं हामीले उहाँलाई चिनेको हो, पार्टीमा आजसम्म उहाँको केही देन छैन ।’

निर्वाचनअघि पनि विदेशमा रहेका वाग्ले टिकट पाउने आशमा नेपाल आएको तर नपाएपछि पुनः उतै फर्किएको पाण्डेले बताए । कांग्रेसमा पैसा तिरे मात्र अवसर पाइने भन्ने वाग्लेको आरोप गलत रहेको भन्दै उनले थपे, ‘त्यसो हो भने उहाँ कति पैसा तिरेर राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बन्नुभएको हो, त्यो जनताको अगाडि भन्नुपर्‍यो ।’

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठले मन्त्री बन्न रवि लामिछानेको कोर टिमका मान्छेले २ करोड रुपैयाँ मागेको भनी व्यवसायी दुर्गा प्रसाईंसँग सहयोग मागेको अडियो सार्वजनिक भएको प्रसंग उठाउँदै पाण्डेले सोधे, ‘उहाँ कति पैसा बुझाएर टिकट लिन जानुभयो त्यो पनि भन्दिनुपर्‍यो ।’ वाग्लेका कारण तनहुँ कांग्रेसमा बिचलन नआउने उनको तर्क छ ।

हालै कांग्रेस छाडेका स्वर्णिम वाग्ले १० वैशाखमा हुने उपनिर्वाचनमा तनहुँ १ बाट उम्मेदवार बनेका छन् । कांग्रेसको गण्डकी प्रदेशसभा संसदीय दलका नेता पाण्डेले हालका मुख्यमन्त्री खगराज अधिकारीलाई समेत कटाक्ष गरेका छन् । अल्पमतमा परेपनि पदमा बसिराख्नु उचित नभएको भन्दै संसदमा आफ्नो परीक्षण गर्न सुझाव दिए ।

‘अल्पमतमा परिसकेपछि नैतिकताको आधारमा पद छाड्नुपर्ने हो, तर बसिराख्नुभएको छ,’ उनले भने, ‘केही उद्घाटन बाँकी छ रे ! त्यो सकेर जानुस् भनेको छु ।’ वैशाख ११ गते गोरखाले मुख्यमन्त्री पाउनेमा आफू विश्वस्त रहेको बताउँदै उनले आलोपालो भने हुन सक्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु