Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २५ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

स्वर्णिम वाग्लेलाई सुरेन्द्र पाण्डेको प्रश्न : टिकट पाउन कति पैसा तिर्नुभयो ?

२०७९, २९ चैत्र बुधबार ११:००

चैत २९, काठमाडौँ | नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेले स्वर्णिम वाग्लेको आवश्यकता कांग्रेस पार्टीमा नरहेको बताएका छन् । पार्टीमा योगदान र लगानी नभएको भन्दै वाग्लेले पार्टी छाडेको बिषयलाई धेरै ‘हाइलाइट’ गर्नु आवश्यक नरहेको उनले बताए ।

‘उहाँ बुढानीलकण्ठ स्कुलबाट एसएलसी दिनेबित्तिकै विदेश जानुभयो, उतै जागिर खानुभयो’, बुधबार गोरखामा पत्रकारहरुसँग कुरकानी गर्दै पाण्डेले भने, ‘हाम्रै नेतृत्वले ल्याएर योजना आयोगमा अवसर दियो, त्यसपछि मात्र तपाईं हामीले उहाँलाई चिनेको हो, पार्टीमा आजसम्म उहाँको केही देन छैन ।’

निर्वाचनअघि पनि विदेशमा रहेका वाग्ले टिकट पाउने आशमा नेपाल आएको तर नपाएपछि पुनः उतै फर्किएको पाण्डेले बताए । कांग्रेसमा पैसा तिरे मात्र अवसर पाइने भन्ने वाग्लेको आरोप गलत रहेको भन्दै उनले थपे, ‘त्यसो हो भने उहाँ कति पैसा तिरेर राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बन्नुभएको हो, त्यो जनताको अगाडि भन्नुपर्‍यो ।’

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठले मन्त्री बन्न रवि लामिछानेको कोर टिमका मान्छेले २ करोड रुपैयाँ मागेको भनी व्यवसायी दुर्गा प्रसाईंसँग सहयोग मागेको अडियो सार्वजनिक भएको प्रसंग उठाउँदै पाण्डेले सोधे, ‘उहाँ कति पैसा बुझाएर टिकट लिन जानुभयो त्यो पनि भन्दिनुपर्‍यो ।’ वाग्लेका कारण तनहुँ कांग्रेसमा बिचलन नआउने उनको तर्क छ ।

हालै कांग्रेस छाडेका स्वर्णिम वाग्ले १० वैशाखमा हुने उपनिर्वाचनमा तनहुँ १ बाट उम्मेदवार बनेका छन् । कांग्रेसको गण्डकी प्रदेशसभा संसदीय दलका नेता पाण्डेले हालका मुख्यमन्त्री खगराज अधिकारीलाई समेत कटाक्ष गरेका छन् । अल्पमतमा परेपनि पदमा बसिराख्नु उचित नभएको भन्दै संसदमा आफ्नो परीक्षण गर्न सुझाव दिए ।

‘अल्पमतमा परिसकेपछि नैतिकताको आधारमा पद छाड्नुपर्ने हो, तर बसिराख्नुभएको छ,’ उनले भने, ‘केही उद्घाटन बाँकी छ रे ! त्यो सकेर जानुस् भनेको छु ।’ वैशाख ११ गते गोरखाले मुख्यमन्त्री पाउनेमा आफू विश्वस्त रहेको बताउँदै उनले आलोपालो भने हुन सक्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्षमा डिकबहादुर खत्री निर्वाचित वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा दुई जना पक्राउ एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने रोजगारी प्रवर्द्धनका क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्छ: माधव नेपाल अब हाम्रो लक्ष्य केवल वैकल्पिक शक्ति बन्ने होइन, मुलुकको नेतृत्व गर्ने सक्षम राजनीतिक शक्ति बन्ने हो: रवि लामिछाने हामीले विगतका निर्णयहरू कार्यान्वयन भए–नभएको राम्रोसँग समीक्षा गर्नुपर्छ: सभामुख अर्याल बजेटमा सबै विषयलाई समेट्ने प्रयास गरिएको देखिन्छ: वर्षमान पुन हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै