१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

अस्पतालमा बन्धक बनेकी मन्तोरिया ३९ दिनपछि घर फर्किइन्

३० चैत्र २०७९, बिहीबार ०५:१९

चैत ३०, काठमाडौँ | जनकपुरधामको न्यूरो अस्पतालमा उपचार खर्च तिर्न नसकेर घर फर्किन नसकेर बन्धक बनेकी धनुषाको सबैला नगरपालिका–९ की मन्तोरिया देवी राय ३९ दिनपछि घर फर्केकी छिन् । अस्पतालमै बन्धक बनेकी मन्तोरियालाई सबैलाई नगरपालिकाकाको पहलमा घर फर्काइएको हो ।


नगरपालिकाका प्रमुख कारीराम यादवले जिल्ला प्रशासन कार्यालय धनुषासँग समन्वय गरी मन्तोरियालाई बुधबार घर फर्काइएको बताउनुभयो । नगरप्रमुख यादवले रु एक लाख सहयोग गर्नुभएको छ । बाँकी रकम सहयोगी दाताबाट सङ्कलन गरी चुक्ता गर्ने शर्तमा मन्तोरियालाई बन्धनमुक्त गराइएको उहाँले बताउनुभयो ।

सोमबार नगरप्रमुख यादव र जिल्ला प्रशासन कार्यालय धनुषाका प्रशासकीय अधिकृत किरणकुमार मिश्र अस्पताल पुगेर मन्तोरियाको अवस्थाबारे जानकारी लिनुभएको थियो । कार्यपालिकाको बैठकबाट उनलाई उपचार खर्च उपलब्ध गराउने र बन्धकमुक्त गराउन पहल गर्ने निर्णय गरेको थियो । 

गत माघ १२ गते मन्तोरियालाई मोटरसाइकलले ठक्कर दिएपछि जनकपुरधामस्थित न्यूरो अस्पताल भर्ना गरिएको थियो । अस्पतालले गत फागुन २० गते उनलाई डिस्चार्ज गरे पनि  उपचार खर्न तिर्न सक्दा घर फर्किन सकेकी थिइनन । अस्पतालमा उपचारवापत रु आठ लाख ७४ हजार तिर्न बाँकी थियो । तिर्न नसकेपछि तीन छोराछोरी र वृद्ध ससुरासहित मन्तोरिया ३८ दिन बन्धक बनेकी थिइन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु