१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

उद्योग वाणिज्य महासंघको २० औँ अध्यक्ष बन्दै ढकाल ,हालसम्म को को भए अध्यक्ष ?

३० चैत्र २०७९, बिहीबार ०८:२६

चैत ३०, काठमाडौँ | देशैभरी रहेका उद्योगी व्यवसायी हरुको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको  साधारणसभाबाट आगामी तीन वर्षको लागी अध्यक्षमा आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल आजबाट स्वतः २०औँ अध्यक्ष बनेका छन् ।


महासंघको विधान अनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुनेछन् । उक्त विधानको व्यपस्था अनुसार ढकाल आजबाट महासंघको अध्यक्ष भएका हुन्।

को हुन ढकाल ?

चन्द्रप्रसाद ढकाल नेपालका एक चिरपरिचित उद्यमी हुन । बाग्लुङमा जन्मिएका ढकालले २०४५ सालमा वाणिज्य बैंकमा जागिर सुरु गरेका थिए । जागिर र व्यवसाय सँग सँगै अगाडी बढाएका ढकाल २०५० सालमा वाणिज्य बैंकको सहायकस्तरको जागिर छोडेर पूर्णरुपमा व्यवसायमा होमिए । निरन्तर संघर्ष गर्दै जाँदा ढकाल र उनको समुह आज नेपालकै एक प्रतिष्ठित व्यवसायीक घराना बन्न सफल भएको छ ।

हाल ढकाल र उनको समुहको आईएमई ग्रुप(जसमा उनी अध्यक्ष छन) ग्लोवल आईएमई बैंक(यसमा पनि अध्यक्ष),इलाईट क्यापिटल लिमिटेड,हिमालयन पावर पार्टनर लिमिटेड,माउन्टेन इनर्जी नेपाल लिमिटेड,इन्टरनेसनल मनी एक्सप्रेस ,आईएमई अक्सिजन प्राईभेट लिमिटेडदेखि रेमिटेन्स,वैंकिङ,सूचना प्रविधि,पूर्वाधार,अटोमोबाइ,पर्यटन लगायतका ठुला कम्पनिहरुमा लगानी रहेको छ ।

ढकालकै समुह आईएमई ग्रुपले काठमाडौंमा चन्द्रागिरी हिल्स कम्पनी सञ्चालन गरेको छ । जसले काठमाडौंको थानकोटदेखी चन्द्रागिरीसम्म केवलकार सञ्चालन गरिरहेको छ ।

ढकालले महासंघको अघिल्लो निर्वाचनमा किशोर प्रधान(श्रेष्ठ)लाई पराजित गर्दै वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएर उद्योगी व्यवसायीको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष पदसमेत सुरक्षित गर्न सफल भएका थिए।

महासंघमा हालसम्म को को भए अध्यक्ष ?

नेपालभर रहेका सबै उद्योगी व्यवसायीहरुको छाता संगठनको रुपमा रहेको नेपाल उधोग वाणिज्य महासंघ नीजि क्षेत्रको सबैभन्दा ठुलो संगठन हो । बि सं २०२२ सालमा काठमाडौंमा विधिवत् रुपमा राजा महेन्द्रले उद्धघाटन गरेर स्थापना भएको संघमा हालसम्म १९जनाले अध्यक्षको कार्यभार सम्हालिसकेका छन् ।

यी हुन हालसम्म का अध्यक्षहरु

१.लोकनाथ जोशी (२०२२-२०२४)

२.जुद्धबहादुर श्रेष्ठ(२०२४-२०२८)

३.पशुपति गिरी (२०२८-२०३२)

४.हरिप्रसाद गिरी (२०३२-२०३५)

५.इन्द्रभक्त श्रेष्ठ (२०३५-२०३८)

यो बीचमा महासंघमा तिब्र विबाद हुँदा नेतृत्वमा कोहीपनि आउन सकेनन् ।

६.महेशलाल प्रधान (२०४४-२०५०)

७.विनोद कुमार चौधरी (२०५०-२०५२)

८.पद्य ज्योति (२०५२-२०५४)

९.आनन्दराज मुल्मी (२०५४-२०५६)

१०.प्रदीपकुमार श्रेष्ठ (२०५६-२०५८)

११.रविभक्त श्रेष्ठ (२०५८-२०६०)

१२.विनोदबहादुर श्रेष्ठ  (२०६०-६२)

१३.चण्डिराज ढकाल (२०६२- ६४)

१४.कुशकुमार जोशी (२०६४ – ६७)

१५.सुरज वैद्य (२०६७- ७०)

१६.प्रदीपजंग पाण्डे (२०७० – ७१)

१७.पशुपति मुरारका (२०७१ -७३)

१८.भवाणी राणा (२०७३- ७६)

१९.शेखर गोल्छा (२०७६- ७९)

२०.चन्द्रप्रसाद ढकाल (२०७९

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु