१० कार्तिक २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

हिमाल सफाइ अभियान टोली आधार शिविरमा

३० चैत्र २०७९, बिहीबार १२:१८

चैत ३०, काठमाडौँ | नेपाली सेनाका प्रमुख सेनानी किशोर अधिकारीको नेतृत्वको १३ जनाको टोली आज सगरमाथा आधार शिविर पुगेको छ ।

सगरमाथा, ल्होत्से, वरुञ्चे र अन्नपूर्ण हिमाल सफाइ कार्य गर्न खटिएका नेपाली सेनाको जनशक्तिमध्ये सगरमाथा र ल्होत्से हिमालका लागि खटिएको टोली आधार शिविर पुगेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।


सेनाले जैविक विविधता तथा पर्यावरण संरक्षण गर्ने उद्देश्य अनुरुप सरकारको राष्ट्रिय कार्यक्रमअन्तर्गत सेनाको अगुवाइमा यही चैत १४ गते त्यसतर्फ प्रस्थान गरेको थियो । अन्नपूर्ण हिमाल सफाइमा संलग्न टोलीले भने चैत १७ गते नै अन्नपूर्ण आधार शिविर पुगी फोहर सङ्कलन सुरु गरिसकेको छ ।

 बरुञ्चे हिमाल सफाइ टोली उक्त हिमालको आधार शिविर पुग्ने क्रममा छ । ती टोली हिमाल सफाइ कार्यलाई थप प्रभावकारी बनाउन आफूलाई हिमाली वातावरण अनुकूल तुल्याउन विभिन्न क्रियाकलापमा जुटेका छन् ।

सगरमाथा, ल्होत्से, अन्नपूर्ण र बरुञ्चे हिमालबाट यस वर्ष करिब ३५ टन फोहर सङ्कलन गर्ने लक्ष्य छ ।  अभियानले विश्वव्यापी चुनौतीका रूपमा रहेको वातावरणीय प्रदूषण तथा विश्व तापमानको असरलाई न्यून गर्न सचेतना अभिवृद्धि हुने विश्वास लिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
लिगइंग्लिस प्रिमियर फुटबल:लेस्टरमाथि नटिङघमको शानदार जीत नेपाल पर्यटन बोर्ड र राकुटेन भाइबरबिच सहकार्य इजरायलद्वारा इरानका सैन्य ठेगानामा क्षेप्यास्त्र आक्रमण आज राष्ट्रिय जलवायु सम्मेलन हुँदै रास्वपाको केन्द्रीय समितिको बैठक आज बस्दै माओवादीको खबरदारी सभा आज : ३० हजार कार्यकर्ता सडकमा उतार्ने दाबी यु–१७ एसियन कपमा नेपाल कतारसँग ५–० गोलले पराजित रास्वपाले सरकारविरुद्धको आन्दोलनलाई आज पनि जारी राख्ने जावलाखेलमा जारी गोदावरी पुष्प मेलामा अवलोकनकर्ताको घुइँचो, २ दिनमा ४० लाखको कारोबार यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर आजको मौसम : पहाडी भूभागका केही स्थानमा वर्षाको सम्भावना सत्ता गठबन्धनले भन्यो- भिड जम्मा गरेर न्यायालयमाथि दबाब दिने गतिविधि विधिको शासन विपरीत सत्तारुढ दलले गरे एकसय दिनको समीक्षा, जारी गरियो सात बुँदे वक्तब्य खेलाडी पुरिएको घटना छानविनका लागि पहल गर्ने प्रचण्डको प्रतिबद्धता बालुवाटारमा सत्तारुढ दलको बैठक जारी, के हुँदैछ छलफल? ४० जनालाई  सिंगापुर पठाईदिने भन्दै करोडौं ठगी गरी फरार रहेका आचार्य कम्बोडियाबाट पक्राउ माइक्रो बस दुर्घटना : मनकामना दर्शन गर्न जाँदै थिए दुई परिवार, खाल्डो छल्न खोज्दा दुर्घटना राजेन्द्र महतोले दिए दल दर्ताको निवेदन, चुनाव चिह्न माछा यी हुन मन्त्रिपरिषद् बैठकका १२ निर्णय (सुचिसहित) बालेन लक्षित शंकर पोखरेलको टिप्पणी- र्‍याप गाउँदागाउँदै मेयर भएका व्यक्तिले राजनीति सुधार्न सक्दैनन्