१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

हाम्रो विरुद्ध सबै दल एकजुट भए, जनताको साथले चाँडै मुलुकको नेतृत्व गछाैं : रवि लामिछाने

१ बैशाख २०८०, शुक्रबार ०६:३६

बैशाख १, चितवत | राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने वैशाख १० को उपनिर्वाचनमा अन्य सबै दल मिलेर रास्वपाविरुद्ध लागेको बताएका छन्। चितवत २ स्थित रामनगरको चुनावी सभालाई सम्बोधन गर्दै उनले जस्तोसुकै षड्यन्त्र भएपनि चाँडै आफ्नो पार्टीले सरकारको नेतृत्व गर्ने बताए।


उनले भने, ‘यसपटकको निर्वाचनमा एकजना मात्रै होइन तीन जना नै संसदमा जानेगरी तयारी गरिरहेका छौं। तनहुँमा हिजो स्वणिम वाग्लेको चुनावी प्रचारमा पुगेको थिए। यस्तै जनलहर उहाँमा पनि छाएको छ। बारामा पनि रमेश खरेको पक्षमा पनि यस्तै जनलहर छाएको छ। यही जनलहरलाई निरन्तता दिएर हामीले चाँडै नै मुलुकको नेतृत्व सम्हाल्ने सोच बनाइसकेका छौँ। यो जनताको चाहना र आकांक्षालाई कसैले पनि रोक्न सक्दैन।’

उनले आजसम्म जनताभन्दा ठुलो शक्ति केही नभएको उल्लेख गरे। जस्तोसुकै दलहरुको गठबन्धन भएपनि आफूहरुलाई कुनै असर नगर्ने तर्क गरे।

उनले भने, ‘अघिल्लो निर्वाचनसम्म पनि अन्य राजनीतिक दल एकअर्कालाई गाली गर्थे। एकअर्काको आलोचना गर्थे। एकअर्काको विरोध गर्थे। आजभोलि भएभरका सबै एकातिर राष्ट्रिय स्वतन्त्र पार्टी एकातिर भएर चुनाव भएको देखिएको छ। केही छैन। हामी तयार छौं। कुनै गठबन्धन होस् कुनै पनि मिलिजुली भएको षड्यन्त्र र शक्तिविरुद्ध लड्न तयार छौं।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण