१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

भारतमा उपचाररत सांसद भण्डारीद्वारा नयाँ वर्षमा भिडियो सन्देश

१ बैशाख २०८०, शुक्रबार ०६:५०

बैशाख १, काठमाडौँ | भारतमा उपचाररत नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले नयाँ वर्षको अवसरमा भिडियोमार्फत शुभकामना सन्देश व्यक्त गरेका छन् । उनले भने, ‘स्वदेश तथा विदेशमा बस्ने बस्ने नेपालीहरु २०८० को उपलक्ष्यमा नयाँ वर्ष मनाइरहेका छौं । एक अर्कोले सुख शान्ति, समृद्धिको कामना गरिरहेका छौं । यस अवसरमा सम्पूर्ण नेपालीलाई म नयाँ वर्षको सुख शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्न चाहन्छु ।’

शुभचिन्तकहरुको माया, सद्धभाव, प्रेम र प्राथनाका कारण आफ्नो स्वास्थ्यमा सुधार भइरहेको उनले बताए । ‘मेरो स्वास्थ्यको कारणले गर्दा हजुरहरुसति म सहभागी हुन सकिरहेको छैन । तपाईहरुको माया सद्धभाव, प्रेम र प्राथनाका कारण मेरो स्वास्थ्यमा सुधार भइरहेको छ,’ सांसद भण्डारीले भने । छिट्टै नेपालमै उपचार गर्ने सांसद भण्डारीले बताए । ‘छिट्टै नै  म तपाईहरुसित उपस्थित भएर त्यही नै मेरो स्वास्थ्य उपचार गर्ने छु । यस नयाँ वर्षको उपलक्ष्यमा सम्पूर्णमा हार्दिक  मंगलमय शुभकामना व्यक्त गर्दै छु । धन्यवाद जय नेपाल ।’

बुद्धनगरस्थित निवासमा गत फागुन ३ गते ग्यास लिक भई आगलागी हुँदा सांसद भण्डारी घाइते भएका थिए। सुरूमा कीर्तिपुरस्थित अस्पतालमा उपचार गराएर उनलाई थप उपचारका लागि भारत लगिएको थियो। फागुन ४ गतेदेखि भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा भण्डारीको उपचार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण