१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सत्ता गठबन्धनमा सीके राउतको ‘च्याप्टर क्लोज’

१ बैशाख २०८०, शुक्रबार १२:०८

बैशाख १, काठमाडौँ | डा. सीके राउत नेतृत्वको जनमत पार्टीका लागि सत्ता सहकार्य र गठबन्धन यात्राको ‘च्याप्टर क्लोज’ भएको छ । जनमत पार्टीले संघीय सरकारमा खानेपानी मन्त्रालयको जिम्मेवारी पाएको थियो । तर मन्त्रालयमा चित्त नबुझेका कारण सो पार्टीका मन्त्रीले राजीनामा दिएका थिए ।

तर प्रधानमन्त्री प्रचण्डले जनमत पार्टीलाई सरकारमै फर्काउन प्रयास गरिरहेका थिए । स्रोतका अनुसार जनमत पार्टीले छाडेको खानेपानी मन्त्रालय अब कांग्रेसले लिने भएपछि जनमतका लागि सत्ता यात्रा र गठबन्धनको यात्रा बन्द भएको छ ।

जनमत पार्टी पनि विकाससँग सम्बन्धित मन्त्रालय पाए सरकारमा जाने मनस्थितिमा थियो । तर, चाहेजस्तो मन्त्रालय नपाएपछि सो पार्टी सरकारबाट बाहिरिएको हो ।

जनमत पार्टीका उपाध्यक्ष दीपक साहले सरकारमा जाने आफूहरुको कुनै तयारी नरहेको बताए । उनले आफ्नो पार्टीले काम गर्ने मन्त्रालय नपाएको कारण सरकारबाट बाहिरिएको बताए । उनले भने, ‘फेरि त्यही मन्त्रालय दिइयो भने जाने कुरा हुँदैन, अरु मन्त्रालय दिएमा जाने कि नजाने भन्नेबारे पार्टीमा छलफल भएर मात्र कुरा अगाडि बढ्छ तर तत्काल सरकारमा फर्किने अवस्था छैन ।’

प्रधानमन्त्री प्रचण्डसँग कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, खानेपानी मन्त्रालय, परराष्ट्र मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय छन् । तीमध्ये वन मन्त्रालय जसपाको भागमा परेको छ भने बाँकी पाँच वटा मन्त्रालय कांग्रेसले लिने सहमति भइसकेको स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण