१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

बालकोटमा बैठक बोलाएर प्रधानमन्त्री आफैं गएनन्, सत्तापक्ष छलफलबाट भागेको एमालेको आरोप

३ बैशाख २०८०, आईतवार ०७:२३

बैशाख ३, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आह्वान गरेको शीर्ष तीन दलको बैठकमा आफैँ अनुपस्थित भएका छन्। बिहान ९ बजेका लागि नेकपा एमालेका अध्यक्ष तथा प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओली निवासमा बालकोटमा बोलाइएको बैठकमा प्रधानमन्त्री नगएका हुन्।

प्रधानमन्त्री आफैंले बालकोटमा ९ बजेको लागि बैठक बन्ने तय भएपनि अन्तिम समयमा विभिन्न बहाना देखाएर अनुपस्थित भएको एमालेका प्रमुख सचेतक महेश बर्तौंलाले बताए।

उनले भने, ‘टिआरसी विधेयक, संयुक्त समिति निर्माणका बिषयमा छलफल गरेर जाने भन्ने कुरा थियो। अहिलेसम्म संघीय संसदको संयुक्त समिति नै बन्न सकेको छैन। सुनुवाई समिति, प्रधानन्यायाधिक नियुक्ति पनि संसदीय समिति नभएकै कारणले रोकिएको छ। त्यसबारे छलफल गर्न प्रधानमन्त्री स्वम्ले बालकोटामा बैठक बोलाउनुभएको थियो।’

९ बजेका लागि बैठकका लागि एमालेको तर्फबाट प्रतिनिधि र सभामुख देवराज घिमिरे पनि बालकोट पुगिसकेपछि ९ः२० तिर प्रधानमन्त्रीले बैठकमा आउन नसक्ने जवाफ पठाएको उनले बताए। प्रधानमन्त्रीसँग कांग्रेस सभापति शेरबहादुर देउवा पनि नआएपछि आफूहरु बालकोटबाट निस्किएको उनले बताए।

संसदको २१/२२ वटा बैठक बस्दापनि अहिलेसम्म बिषयगत समिति बनाउन नसकेकोप्रति आपत्ति जनाए। उनले भने, ‘यतिका बैठक बसिसक्यो न संसदले विजनेश पाएको छ। नत बिषयगत समिति नै बन्न सकेका छन्। विधेयकहरु छलफलका लागि टेबुल भएर चाङ लगाइसकेको छ। तर, बिषयगत समितिमा छलफल हुने वातावरण बनेको छैन।’

उनले संवैधानिक नियुक्तिलाई पनि अगाडि बढाउन आवश्यक भएपनि सरकारले चासो नदिएको आरोप लगाए। उनले भने, ‘हामी प्रतिपक्ष सबै हिसाबले छलफल गरेर जाऔं भन्नेमा तयार छौं। तर, सरकारपक्ष आलटाल गरिरहेको छ। उनी उहाँहरुनै प्रतिपक्ष तयार छैन भन्दै हिँड्नुहुन्छ। सत्तापक्षकै कारणले मुलुकमा तत्काल टुंग्याउनुपर्ने बिषयमा छलफल हुन नसक्नु दुर्भाग्य बनेको छ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण