१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

प्रधानमन्त्रीलाई ठाकुर गैरेको प्रश्न : यो व्यवस्था उल्टिन लाग्यो भनेर के सन्देश दिन खोज्नुभएको ?

३ बैशाख २०८०, आईतवार ०८:०१

बैशाख ३, काठमाडौँ | नेकपा एमालेका नेता ठाकुर गैरेले यो व्यवस्था कसले उल्ट्याउन खोजेको हो भनी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रश्न गरेका छन् ।

नयाँ वर्षको दिन माओवादी केन्द्रको पार्टी कार्यालयमा आयोजित कार्यक्रममा प्रधानमन्त्रीले यो व्यवस्था संकटमा परेको र अहिलेको व्यवस्था उल्ट्याउन खोजिएको अभिव्यक्ति दिएका थिए ।

आइतबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै एमाले सांसद गैरेले सोधे, ‘नयाँ वर्षको दिन पार्टी कार्यालयमा यो व्यवस्था संकटमा प¥यो, यो उल्टिन लाग्यो भनेर के सन्देश दिन खोज्नुभएको हो ?’

संसद चलिरहेका बेला प्रधानमन्त्रीले यस्ता विषय संसदमा जानकारी गराउनुपर्ने सांसद गैरेले बताए । ‘यो सार्वभौम संसद चलिरहेका बेलामा प्रधानमन्त्रीले यो व्यवस्थामाथि संकट आएको हो भने सदनमा आउन पर्‍यो सदनलाई जानकारी गराउनुपर्छ’ उनले भने ।

उनले अगाडि सोधे, ‘कसले व्यवस्था उल्ट्याउन खोज्यो, कसको कारणले संकट पैदा भएको हो ?’ सांसद गैरेले व्यवस्थामाथि भएका सबै चुनौती सामना गर्न संसद तयार हुनुपर्ने पनि बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण