१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

प्रचण्ड हराएको सूचना पढ्दै एमाले सांसदको व्यग्यः फेला पार्नेले संसदमा बुझाइदिनुहोला !

३ बैशाख २०८०, आईतवार ०८:३४

बैशाख ३, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संसदमा आउन छाडेको भन्दै नेकपा एमालेका सांसद रघुजी पन्तले बैठकमै प्रचण्ड हराएको सूचना सुनाएका छन् । 

आइतवार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा एमाले सांसद पन्तले व्यंग्यात्मक शैलीमा प्रचण्ड हराएको सूचना सुनाउँदै फेला पार्नेले संसद् भवनमा बुझाइदिनु भनेर ठट्टा गरेका हुन् । एमाले स्थायी कमिटी सदस्य समेत रहेका रघुजी पन्त संसदीय व्यवस्था बुझेका पाका सांसद मानिन्छन् । 

सांसद पन्तले यसरी गरे व्यग्यः 

नागरिकताको नामः श्री पुष्पकमल दाहाल ।

चलनचल्तीको नामः प्रचण्ड 

स्थायी ठेगानाः फेरिइरहने 

अस्थायी ठेगानाः कहिले बालुवाटार, केहिले खुमलटार 

हुलियाः पहिले कोट पाइन्ट लगाउने, अहिले दौरा सुरुवाल र टोपी पनि लगाउने ।

उमेर: ६५ नाघेको ७० नपुगेको जस्तो देखिने । 

उहाँ केही दिनअगाडि प्रतिनिधि सभा बैठकका झुलुक्क देखिएर हाल संसदमा आउनै छाडेकाले उहाँलाई फेला पर्नु हुने व्यक्तिले संसद् भवनमा बुझाइदिनु होला । 

अन्तिमपटक देखिएको स्थान बालुवाटारको छेउछाउ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन