Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २५ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

बालकोट बैठक: टीआरसी विधेयकमा प्रचण्ड र देउवासँग एमालेले राख्यो यी शर्त

२०८०, ४ बैशाख सोमबार ०७:२३

बैशाख ४, काठमाडौँ | तीन दलका शीर्ष तहको बैठकमा नेकपा एमालेले टीआरसी विधेयक टुंग्याउन शर्त राखेको छ।

एमाले अध्यक्ष ओली निवास बालकोटमा बसेको तीन दलको शीर्ष तहको बैठकमा प्रधानन्यायाधीश नियुक्तिको विषयमा आफूहरूले अडान राखेपछि संवैधानिक परिषद्को बैठक राख्ने सहमति भएको प्रमुख सचेतक महेश बर्तौलाले बताए ।

उनले भने, ‘१५ महिनादेखि सर्वोच्च अदालत नेतृत्वविहीन छ। त्यो विषयमा सरकारले ध्यान दिनुपर्छ । अब यही बैठकको सहमतिअनुसार प्रधानमन्त्री अघि बढ्नुहुन्छ भन्ने विश्वास छ ।’

संसद सबैको भएकाले टीआरसी, विषयगत समितिलगायतको विषममा सहमतिमा अगाडि बढ्नुपर्नेमा बर्तौलाले जोड दिए ।

उनले भने, ‘सरकार उहाँहरूले जसरी आफ्नो बहुमतको आधारमा चलाउनुभएको छ । त्यो अलग कुरा हो । तर, सबैको हो । त्यसमा विषयगत समिति टुंग्याएर अघि बढ्नुपर्छ । एमालेले संसदमा प्राप्त गरेको हैसियतअनुसार विषयगत समितिमा भूमिका पाउनुपर्छ भन्ने कुरा राखेका छौं ।’

संविधान कार्यान्वयको विषयमा शीर्ष तहमा सहमति बनाएर अघि बढ्नुपर्ने उनले बताए । एमाले देश निर्माण, संविधान कार्यान्वयन र कानून निर्माणमा साथ दिने बर्तौलाको भनाई छ ।

टीआरसीमा एमालेले नमानेको हो ? भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले भने, ‘यो राष्ट्रको साझा विषय हो । हामी छिटो गर्नुपर्छ भन्ने मै छौं । तर, विधेयकमा रहेको कतिपय विषयमा हामीले बहस गर्नुपर्छ ।’

पीडितहरुलाई न्याय दिने कुरामा शान्ति प्रक्रियाको एउटा महत्वपूर्ण हिस्सालाई छिटो टुग्याउनुपर्ने बताए ।

उनले भने, ‘पीडितलाई ध्यान दिनुपर्छ । सत्यको राम्रो अन्वेषण गर्नुपर्छ । पीडितहरुलाई राहतको सुविधा दिनुपर्छ ।’

न्याय निरुपणको विषयमा अन्तर्राष्ट्रिय जगतले पछि कुनै प्रश्न नउठाओस् भन्ने कुरामा एमाले सचेत रहेको भन्दै उनले टीआरसी विधेयकलाई विषयगत समितिमा लगेर टुंग्याउनुपर्ने बताए ।

बालकोट बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, कांग्रेस सभापति शेरबहादुर देउवालगायत नेताहरू सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्षमा डिकबहादुर खत्री निर्वाचित वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा दुई जना पक्राउ एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने रोजगारी प्रवर्द्धनका क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्छ: माधव नेपाल अब हाम्रो लक्ष्य केवल वैकल्पिक शक्ति बन्ने होइन, मुलुकको नेतृत्व गर्ने सक्षम राजनीतिक शक्ति बन्ने हो: रवि लामिछाने हामीले विगतका निर्णयहरू कार्यान्वयन भए–नभएको राम्रोसँग समीक्षा गर्नुपर्छ: सभामुख अर्याल बजेटमा सबै विषयलाई समेट्ने प्रयास गरिएको देखिन्छ: वर्षमान पुन हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै