२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सिड्नीलाई उछिनेर मेलबर्न बन्यो अष्ट्रेलियाको ठूलो शहर

२०८०, ४ बैशाख सोमबार ०८:५१

बैशाख ४, काठमाडौँ | सिड्नीलाई उछिन्दै मेलबर्न जनसंख्याको हिसाबमा अष्ट्रेलियाको सबैभन्दा ठूलो शहर बनेको छ । यसअघि सिड्नी झण्डै १०० वर्षसम्म अष्ट्रेलियाको सबैभन्दा ठूलो शहरका रुपमा रहेको थियो ।

तर अब सिड्नीलाई पछि पार्दै भिक्टोरिया राज्यको राजधानी मेलबर्न धेरै जनसंख्या भएको अष्ट्रेलियाको शहर बनेको हो । मेलबर्नको जनसंख्या ४८ लाख ७५ हजार ४०० छ जुन सिड्नीको भन्दा १८ हजार ७०० धेरै हो ।


बीबीसीका अनुसार मेलबर्न शहरको किनारी क्षेत्रमा बसोबास बढ्दै गएपछि मेल्टनसहित आसपासका साना शहरलाई गाभिएपछि मेलबर्न धेरै जनसंख्या भएको शहर बनेको हो ।

अष्ट्रेलियाको जनसंख्या ब्युरो एबीएसले यातायात सञ्जालमा जोडिएका नजिकैका १० हजार भन्दा बढी जनसंख्या भएका ससाना नगरलाई पनि मुख्यशहरकै रुपमा राख्ने गर्छ ।

मेलबर्नको मुख्य शहरलाई ग्रेटर मेलबर्न भनिन्छ । ग्रेटर मेलबर्नले सन् २०३१–२०३२ मा ग्रेटर सिड्नीलाई उछिन्ने अनुमान भिक्टोरिया राज्य सरकारको छ । सिड्नीको तुलनामा राम्रो शिक्षा र रोजगारी पाउने भएकाले मेलबर्न आप्रवासीहरुको रोजाइमा पर्ने गरेको बीबीसीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना