२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

अन्तरदेशीय पूर्वाधार निर्माण गर्न डा आरजु राणाको आग्रह

२०८०, ४ बैशाख सोमबार ११:२२

बैशाख ४, काठमाडौँ | नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सांसद आरजु राणाले सुदूरपश्चिम प्रदेशलाई भारतसँग जोड्न थप अन्तरदेशीय सडक निर्माण र गौरीफन्टा नाका सञ्चालनमा सहजीकरण गर्न भारतसँग आग्रह गर्नुभएको छ ।

सुदूरपश्चिम प्रदेशमा शनिबारबाट शुरु भएको अन्तरदेशीय मानसखण्ड सम्मेलनको समापन सत्रमा राणाले भारतीय राजदूत नवीन श्रीवास्तव र भारतीय जनता पार्टी (भाजपा)का विदेश विभाग प्रमुख डा विजय चौथाइवालेसँग दुई देशबीचको अर्थसामाजिक सम्बन्ध थप मजबुद बनाउन यो आवश्यक रहेको बताउनुभयो । 

डडेल्धुरा जिल्लालाई भारतसँग जोड्ने पुल निर्माण, गौरीफन्टा नाकाबाट हुने अन्तरदेशीय व्यापार तथा आवागमनलाई सहजीकरण र क्षेत्रीय विमानस्थल निर्माणका लागि नेपालले पहल एवं भारत सरकारले सहजीकरण गर्नुपर्ने उहाँको भनाइ छ ।

“डडेल्धुरा जिल्लालाई भारतसँग जोड्न पक्की पुल निर्माणका लागि पहल गर्न र गौरीफन्टा नाका सहज बनाउन अति आवश्यक छ”, राणाले भन्नुभयो, ‘‘गौरीफन्टाको सडकलाई तत्काल फराकिलो बनाउन नसकेपनि कम्तीमा स्तरोन्नति गरी नाका सहजीकरणमा भारतले सहयोग गर्नुपर्छ ।”

गौरीफन्टा नाकाबाट हुने दुईपक्षीय व्यापार र आवागमनमा भारतीय पक्षले पछिल्लो समय दुदुवा नेसनल पार्कका नाममा कडाइ गर्दै आएको उहाँको भनाइ छ । राणाले सुदूरपश्चिम प्रदेशमा क्षेत्रीय विमानस्थल निर्माणको आवश्यकता पनि औंल्याउनुभयो ।

सुदूरपश्चिम प्रदेश अहिले भौतिक पूर्वाधार विकासमा राम्रो बनिसकेको भएपनि यहाँको जनशक्ति विदेशीने क्रम अझै नरोकिएको उहाँको भनाइ छ । “पछिल्लो समय यहाँको पूर्वाधारमा निकै ठूलो परिवर्तन भएको छ । तर यहाँको जनशक्ति विभिन्न देशमा गइरहेका छन् ।” राणाले भन्नुभयो, “नेपालका लागि काम गरौं र यहीँ श्रम गरौं भन्ने अवस्था बनाउन यहीँ रोजीरोटी कमाउने र यहीँ राम्रो सपना देख्ने अवस्था सिर्जना गर्नका लागि सबै आआफ्नो क्षेत्रबाट लागौं ।”

मानसखण्ड सम्मेलनको औचित्यबारे बोल्नुहुँदै सांसद राणाले नयाँ युगलाई कसरी परिभाषित गर्ने र कसरी अघि बढ्ने भन्नेबारे यसले मार्ग रेखाङ्कन गरेको बताउनुभयो । “सम्मेलनमा विद्धान तथा प्राज्ञहरुले मानसखण्ड करिडोरको मार्गचित्र कोर्नुभएको छ, यसलाई जीवन्त बनाएर अघि बढ्न आवश्यक छ”, उहाँले भन्नुभयो ।

सरकार यतिबेला बजेट निर्माणको चरणमा रहेकाले मानसखण्ड करिडोर निर्माणका लागि सुदूरपश्चिम प्रदेशले पहल गर्नुपर्ने उहाँको सुझाव छ । भारतले आफ्नो क्षेत्रमा करिडोर निर्माण गरिरहेकाले नेपालले पनि पहल थाल्नुपर्ने उहाँको भनाइ छ । त्यस्तै, विश्व ध्रुवीकरणका सन्दर्भमा नेपाल सधैं मानव अधिकार र प्रजातन्त्रको पक्षमा उभिने पनि राणाले स्पष्ट पार्नुभयो । 

 नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारतले मानसखण्ड करिडोर निर्माण गरिरहेकाले नेपालले पनि आफ्नो भू–भागभित्रका क्षेत्रमा काम थाल्नुपर्ने बताउनुभयो । सुदूरपश्चिममा अन्तरदेशीय  सडक सञ्जाल थप गर्न भारत तयार रहेको पनि उहाँको भनाइ छ ।

“यहाँका केही स्थानमा नयाँ पक्की पुल बनाउन आवश्यक छ । नेपाल सरकारबाट प्रस्ताव आएमा हामीले यो विषयलाई उत्तराखण्ड सरकारमार्फत् अघि बढाउन सक्छौँ”, राजदूत श्रीवास्तवले भन्नुभयो । मानसखण्ड करिडोरमा धार्मिक पर्यटनको पर्याप्त सम्भावना रहेको उल्लेख गर्नुहुँदै उहाँले त्यसका लागि पूर्वाधार तयार पार्नु दुवै सरकारको पहिलो प्राथमिकता रहनुपर्ने औल्याउनुभयो ।

त्यस्तै, दुई देशबीच डिजिटल भुक्तानी प्रणालीलाई थप सहज बनाउन आवश्यक रहेको पनि राजदूत श्रीवास्तवले बताउनुभएको छ । नेपालमा भारतीय रुपैयाँ बोक्न सीमा तोकिएकाले यहाँ आउने पर्यटकलाई समस्या हुने गरेको उहाँको भनाइ छ । नेपालमा नगद भारु २५ हजारसम्म मात्रै बोक्न पाइने प्रावधानको सीमाबारे पुनर्विचार गर्न र दुई देशका डिजिटल भुक्तानी प्रणालीबीच अन्तरआबद्धता कायम गर्न नेपालले केही निर्णय लिन आवश्यक रहेको उहाँको भनाइ छ ।

नेपाल र भारतबीच सामाजिक, साँस्कृतिकसँगै आर्थिक सम्बन्ध पनि बलियो रहेको उल्लेख गर्नुहुँदै राजदूत श्रीवास्तवले धार्मिक करिडोरमार्फत पर्यटन विस्तारलाई भारतले प्राथमिकता राखेको बताउनुभयो । त्यस्तै, सुदूरपश्चिम प्रदेशमा सुख्खा बन्दरगाह छिट्टै निर्माण गर्ने विषय पनि भारतको प्राथमिकतामा रहेको उहाँको भनाइ छ ।

 भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख डा विजय चौथाईवालेले मानसखण्ड सम्मेलनको निष्कर्ष तयार पारी नेपाल र भारत सरकारलाई उपलब्ध गराउन सुझाव दिनुभयो । यहाँको स्थानीय अर्थतन्त्र बलियो बनाउन दुई देशका विभिन्न धार्मिक सर्किटलाई मूर्तरुप दिइनुपर्ने उहाँको भनाइ छ । 

“हामी दुई सार्वभौम मुलुक हौँ । तर हाम्रो सम्बन्ध शदियौंदेखि छ । सम्बन्धलाई थप मजबुद बनाउन नयाँ आयाम खोजेर त्यसमाथि नतिजायोग्य काम गर्न जरुरी छ”, उहाँले भन्नुभयो । शिवशक्ति सर्किट, बुद्ध सर्किट, मानसखण्ड सर्किट जस्ता करिडोर निर्माणमा दुई देशको संयुक्त प्रयास आवश्यक रहेको उहाँको भनाइ छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँग सम्बन्धलाई निकै महत्व दिने गरेको र नेपाल भ्रमणका क्रममा यहाँका विभिन्न धार्मिक तथा पर्यटकीय क्षेत्रमा पुगेर प्रवद्र्धनमा सहयोग गरेको उहाँले उल्लेख गर्नुभयो ।

सम्मेलनमा धनगढी उपमहानगरपालिका मेयर गोपाल हमालले धार्मिक पर्यटन प्रवद्र्धधनका लागि आवश्यक पूर्वाधार निर्माण हुनुपर्नेमा जोड दिनुभयो । “हामीले बजेट छर्ने होइन । यो क्षेत्रको पर्यटन पूर्वाधारमा केन्द्रित गरी बजेट बिनियोजन गरौँ । यहाँको धार्मिक पर्यटन प्रवर्द्धन गर्नसकेमा रोजगारी बढ्ने र जनजीवन पनि सुधार हुँदै जानेछ”, उहाँले भन्नुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना