२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

राप्रपाले गर्‍याे १० संसदीय समितिहरुमा आफ्ना सांसदहरूको सिफारिस

२०८०, ४ बैशाख सोमबार ११:५६

बैशाख ४, काठमाडौँ | राष्ट्रिय प्रजातन्त्र पार्टीले १० वटा संसदीय समितिहरुमा समावेश गर्न पार्टीका सांसदहरुको नाम सिफारिस गरेको छ ।

प्रतिनिधिसभा नियमावली २०७९ को परिच्छेद २१ को दफा १७२ र ७३ अनुसार राप्रपाले संघीय संसद सचिवालयका महासचिवलाई सिफारिस गरेर पठाएको हो ।


राप्रपाले अर्थ समितिमा ज्ञानबहादुर शाही र दीपक सिंहलाई समावेश गर्न अनुरोध गरेको छ । अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन र विक्रम पाण्डेलाई सार्वजनिक लेखा समितिमा सिफारिस गरिएको छ ।

यस्तै उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा गीता बस्नेत, कानून न्याय तथा मानव अधिकार समितिमा ध्रुवबहादुर प्रधान, कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिमा अनिशा नेपालीको नाम सिफारिस गरिएको छ ।

यसैगरी महिला तथा सामाजिक मामिला समितिमा रोशन कार्की, राज्य व्यवस्था तथा सुशासन समितिमा बुद्धिमान तामाङ, पूर्वाधार विकास समितिमा दीपक बोहोरा र वीना लामा तथा शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विना जैशवाल सिफारिसमा परेका छन् ।

राप्रपाले दुईवटा संसदीय समितिको सभापति दाबी गरेको छ । तर, दलहरुबीच सहमति भएको छैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन