Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २५ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

जिल्लास्तरीय ब्याडमिन्टनको उपाधि चन्द र विष्टको जोडीलाई

२०८०, ५ बैशाख मंगलवार ०७:०८

वैशाख ५, कञ्चनपुर | कञ्चनपुरको महेन्द्रनगरमा सोमबार  सम्पन्न स्व लक्ष्मण चन्द स्मृति पुरुष डबल्स जिल्लास्तरीय ब्याडमिन्टन प्रतियोगिताको उपाधि नरेन्द्र चन्द र वीरेन्द्र विष्टको जोडीले जितेको छ ।

अन्तिम खेलमा सुरेन्द्र कार्की र प्रकाश विष्टको जोडीलाई पराजित गर्दै चन्द र विष्टको जोडीले उपाधि हात पारेको हो । प्रतियोगिताका प्राविधिक कमिटी संयोजक दिलबहादुर धामीले प्रतियोगितामा उपाधि विजेता टिमले नगद रु २५ हजार, प्रमाणपत्रसहित पुरस्कृत भएको जानकारी दिनुभयो ।

त्यसैगरी प्रतियोगितामा द्वितीय स्थान हासिल गरेको कार्की र विष्टको जोडी रु १५ हजार नगद, प्रमाणपत्रसहित पुरस्कृत भएको छ । प्रतियोगिता समापन समारोमा सुदूरपश्चिम प्रदेशमा पूर्वमन्त्री एवं प्रदेशसभा सदस्य प्रकाश रावलले विजेता र उपविजेता खेलाडीलाई पुरस्कृत गर्नुभयो ।

प्रतियोगितामा रामबहादुर पाली बोगटी, रमेश पाण्डेय एवं कृष्ण धामी र विवेक ऐरले तृतीय स्थान हासिल गरेका छन् । तृतीय हुने टिमले रु आठ हजार र प्रमाणपत्रबाट पुरस्कृत भएको प्राविधिक संयोजक धामीले जानकारी दिनुभयो । उक्त प्रतियोगितामा जिल्लाभरका कुल ४२ टिमको सहभागिता रहेको थियो । 

त्यसैगरी स्व सरोज थापा स्मृति यु–१५ जिल्लास्तरीय ब्याडमिन्टन प्रतियोगिता आशिष खत्री प्रथम र उदय चन्द द्वितीय भएका छन् । फाइनल खेलमा खत्रीले चन्दलाई पराजित गर्दै उपाधि जितेका हुन् । उपाधि विजेता खत्री नगद रु १० हजार र प्रमाणपत्रबाट पुरस्कृत भएका छन् भने द्वितीय हुने चन्द रु आठ हजारबाट पुरस्कृत भएका छन् । प्रतियोगितामा अक्षय खत्री र सुलभ चन्दले तृतीय स्थान हासिल गरेका छन् । तृतीय हुनेलाई रु दुई–दुई हजार नगद र प्रमाणपत्रबाट पुरस्कृत गरिएको छ ।

ब्याडमिन्टनका पूर्व राष्टिय खेलाडी स्व लक्ष्मण चन्दको केही महिनाअघि निधन भएको थियो भने अर्का खेलाडी स्व थापाको कोरोनाका कारण निधन भएको थियो । उहाँहरूको सम्झानामा ब्याडमिन्टन सङ्घले प्रतियोगिता आयोजना गरेको हो ।

कञ्चनपुर जिल्ला ब्याडमिन्टन सङ्घको आयोजनामा सम्पन्न भएको प्रतियोगिता समापन समारोहमा नेपाल ब्याडमिन्टन सङ्घले खेल सामग्री र ब्याडमिन्टनका पूर्व राष्ट्रिय खेलाडी दीपक बोहराले प्रोत्साहनस्वरुप जुनियर खेलाडीलाई नगद प्रदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्षमा डिकबहादुर खत्री निर्वाचित वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा दुई जना पक्राउ एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने रोजगारी प्रवर्द्धनका क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्छ: माधव नेपाल अब हाम्रो लक्ष्य केवल वैकल्पिक शक्ति बन्ने होइन, मुलुकको नेतृत्व गर्ने सक्षम राजनीतिक शक्ति बन्ने हो: रवि लामिछाने हामीले विगतका निर्णयहरू कार्यान्वयन भए–नभएको राम्रोसँग समीक्षा गर्नुपर्छ: सभामुख अर्याल बजेटमा सबै विषयलाई समेट्ने प्रयास गरिएको देखिन्छ: वर्षमान पुन हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै