१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

मिटरब्याज पीडित र हरुवाचरुवाहरुसंगै सडकमा उत्रने राप्रपाको चेतावनी

५ बैशाख २०८०, मंगलवार ०८:५४

वैशाख ५, काठमाडौँ | राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारले मिटरब्याज पीडित र हरुवाचरुवाहरुको माग सम्बोधन नगरे आफ्नो दल पनि उनीहरुसंगै सडकमा उत्रने चेतावनी दिएका छन् । 

मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा राप्रपा अध्यक्ष लिङ्देनले मिटरब्याज पीडित र हरुवाचरुवाहरुको माग तत्काल सम्बोधन  हुनुपर्ने बताएका हुन् । उनले राप्रपा  जिम्मेवार पार्टी भएको नाताले पीडितको पक्षमा उभिने र माग सम्बोधन नभए राप्रपा पनि सडक संघर्षमा जाने चेतावनी दिए । 

उनले भने,‘हामी भन्न चाहान्छौं कि सरकारले मिटरब्याज पीडितहरु र अहिले तराईमा आन्दोलनमा रहेका हरुवाचरुवाहरुको मागलाई समयमा नै सरकारले सम्बोधन गरोस् । अन्यथा राष्ट्रिय प्रजातन्त्र पार्टी जिम्मेवार पार्टीको नाताले उनीहरुको साथमा सडक संघर्षमा जाने समेत घोषणा गर्दछु ।’

राप्रपा अध्यक्ष लिङ्देनले राज्य पीडितको पक्षमा अभिभावक बनेर उभिनु पर्ने ठाउँमा उल्टै न्यायको माग गर्दै आएका मिटरब्याज पीडितहरुमाथि आक्रमण गरेको भन्दै त्यसको भत्र्सना समेत गरे । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण