२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

मिटरब्याज पीडित र हरुवाचरुवाहरुसंगै सडकमा उत्रने राप्रपाको चेतावनी

२०८०, ५ बैशाख मंगलवार ०८:५४

वैशाख ५, काठमाडौँ | राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारले मिटरब्याज पीडित र हरुवाचरुवाहरुको माग सम्बोधन नगरे आफ्नो दल पनि उनीहरुसंगै सडकमा उत्रने चेतावनी दिएका छन् । 

मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा राप्रपा अध्यक्ष लिङ्देनले मिटरब्याज पीडित र हरुवाचरुवाहरुको माग तत्काल सम्बोधन  हुनुपर्ने बताएका हुन् । उनले राप्रपा  जिम्मेवार पार्टी भएको नाताले पीडितको पक्षमा उभिने र माग सम्बोधन नभए राप्रपा पनि सडक संघर्षमा जाने चेतावनी दिए । 

उनले भने,‘हामी भन्न चाहान्छौं कि सरकारले मिटरब्याज पीडितहरु र अहिले तराईमा आन्दोलनमा रहेका हरुवाचरुवाहरुको मागलाई समयमा नै सरकारले सम्बोधन गरोस् । अन्यथा राष्ट्रिय प्रजातन्त्र पार्टी जिम्मेवार पार्टीको नाताले उनीहरुको साथमा सडक संघर्षमा जाने समेत घोषणा गर्दछु ।’

राप्रपा अध्यक्ष लिङ्देनले राज्य पीडितको पक्षमा अभिभावक बनेर उभिनु पर्ने ठाउँमा उल्टै न्यायको माग गर्दै आएका मिटरब्याज पीडितहरुमाथि आक्रमण गरेको भन्दै त्यसको भत्र्सना समेत गरे । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना