2026-09-21 03:42 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

क्रिकेट इतिहाँसमा नेपालको अर्को फड्को, खुल्यो दोश्रो अन्तरराष्ट्रिय क्रिकेट मैदानको ढोका

वैशाख ५, काठमाडौँ । नेपालको आयोजनामा आजदेखि एसिसी प्रिमियर कप क्रिकेटको प्रतिस्पर्धा शुरु भएको हो । यो संगै नेपालले क्रिकेट इतिहाँसमा अर्को महत्वपूर्ण फड्को मारेको छ । 

यो पटक १० एशियाली राष्ट्र सहभागी प्रतियोगिता कीर्तीपुरस्थित त्रिवि क्रिकेट मैदानको बिकल्पमा अर्को पनि खेल मैदानमा पहिलो पटक अन्तराष्ट्रिय खेल खेलाउन सुरुवात भएको छ । यस संगै अब नेपालमा हुने अन्तराष्ट्रिय खेलको तालिकामा कुन मैदानमा खेल हुँदैछ भन्ने पनि हेर्नुपर्ने भएको छ । 

दुई दशकदेखि राष्ट्रिय तथा अन्तरराष्ट्रिय क्रिकेटका सबै प्रतियोगिता आयोजना हुँदै आएको कीर्तिपुरस्थित त्रिवि मैदानले मात्र नेपालले आयोजना गर्ने राष्ट्रिय तथा अन्तरराष्ट्रिय प्रतियोगिताहरु धान्न कठिन भएकै वेला मूलपानी क्रिकेट मैदानमा एसिसी प्रिमियर कपका खेल सुरु भएका छन् । मंगलबार यसै मैदानमा हङकङले सिङ्गापुरलाई आठ विकेटले पराजित गरेको छ । यो दिन सम्मको प्रतीक्षा गर्न मूलपानी क्रिकेट मैदानले लामो समय कुर्नु पर्यो । केही समयअघि मात्र राष्ट्रिय प्रतियोगिता सञ्चालन भएको कारण मूलपानी क्रिकेट मैदान त्रिवि मैदानको विकल्प बन्ने आशा जागेको थियो ।

अब भने एसिसी प्रिमियर कप क्रिकेटका केही खेलहरु यसै मैदानमा हुने भएको छ । जसको कारण अब भविष्यमा अन्य अन्तरराष्ट्रिय प्रतियोगिता नेपालले आयोजना गर्ने पाउने अवसर समेत हाता लाग्ने अपेक्षा गरिएको छ । त्यसो त यो रंगशाला तयार भएसंगै अब एसिसीले वर्षमा एउटा-दुइ वटा प्रतियोगिता नेपालमै गर्न दिनपर्ने दबाब समेत भएको छ । 

अन्तराष्ट्रिय खेलहरु खेलाउन एक मात्र मैदान भएको कारण नेपालले केहि अन्तराष्ट्रिय खेलहरु नेपालमै खेलाउने अवसर चुकाई सकेको छ । अब भने त्यस्ता खेल पनि नेपालले आयोजना गर्ने आँट गर्न सक्ने भएको छ । 

त्यसो त एसिसी प्रिमियर कपका खेल मूलपानीमा भएसँगै यो मैदानमा ओडिआई खेल खेलाउन मान्यता दिलाउने लक्ष्य नेपाल क्रिकेट संघ (क्यान)ले लिएको छ । यस मैदानमा पिचदेखि ड्रेसिङ रुम, चेन्जिङ रुम‚ शौचालय लगायतका पूर्वाधारहरु मापदण्ड अनुसारनै निर्माण भएका छन् । त्यस्तै अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)को मापदण्ड अनुसार मूलपानीमा साइट स्क्रिन, स्कोर बोर्ड, पवेलियनसँगै दर्शक र मिडिया बस्ने स्थान तथा मैदानबाहिर शौचालय र पार्किङको व्यवस्था समेत छ । यहाँ १ सय ६० यार्डको आइसिसीको मापदण्डअनुसारकै मैदानको बाउण्ड्री पनि छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने