Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २५ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

संवैधानिक परिषदले प्रधानन्यायाधीश नियुक्तिको सिफारिस किन गर्न सकेन ?

२०८०, ६ बैशाख बुधबार ०७:०९

बैशाख ६, काठमाडौँ | प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओलीले संसदीय सुनुवाइ विशेष समिति गठन नभएसम्म प्रधानन्यायाधीश नियुक्ति नहुने भएकाले पहिले संसदीय समिति टुंगो लगाउनुपर्ने अडान लिएका छन् ।

ओलीले संसदीय सुनुवाइसहित अन्य विषयगत समितिको नेतृत्व टुंगो लगाउनुपर्ने प्रस्ताव राखेपछि बुधबारको संवैधानिक परिषद बैठक निष्कर्षविहीन भएको छ । थप छलफलपछि प्रधानन्यायाधीश सिफारिस गर्ने सहमति भएको राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले बताए ।


बैठकमा विपक्षी दलका नेता ओलीले संवैधानिक परिषद बैठकमा बाहेक सत्तापक्षलाई विपक्षी दलको नेताको आवश्यकता नदेखिएको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रश्न गरेका थिए ।

बैठकका एक सहभागीले भने, ‘प्रधानमन्त्रीले अरु एजेण्डा छैनन्, प्रधानन्यायाधीशको नाम सिफारिस गरौं भन्नुभयो । विपक्षी दलको नेताले अहिले संवैधानिक परिषदबाट सिफारिस भए पनि संसदीय सुनुवाइ समिति नबनेसम्म नियुक्ति प्रक्रिया अघि नबढ्ने भएकाले पहिले समिति गठनको विषय टुंग्याउनुपर्छ भन्नुभयो ।’

यो विषयमा दुईपटकसम्म बालुवाटार र बालकोटमा शीर्ष तहमा छलफल भएको स्मरण गराउँदै ओलीले प्रधानमन्त्रीको भूमिकाप्रति आपत्ति जनाएका थिए । एमालेले संसदीय समितिहरूको सभापतिसमेत दलीय आकार बमोजिम टुंगो लगाउनुपर्ने अडान लिएको छ ।

उसले विपक्षीले पाउने लेखा समितिसहित ४ समिति सभापति र दुई विशेष समितिमध्ये एकको नेतृत्व दाबी गरेको छ । त्यसपछि संवैधानिक परिषद बैठक बस्नु उपयुक्त हुने एमालेको अडान छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्षमा डिकबहादुर खत्री निर्वाचित वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा दुई जना पक्राउ एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने रोजगारी प्रवर्द्धनका क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्छ: माधव नेपाल अब हाम्रो लक्ष्य केवल वैकल्पिक शक्ति बन्ने होइन, मुलुकको नेतृत्व गर्ने सक्षम राजनीतिक शक्ति बन्ने हो: रवि लामिछाने हामीले विगतका निर्णयहरू कार्यान्वयन भए–नभएको राम्रोसँग समीक्षा गर्नुपर्छ: सभामुख अर्याल बजेटमा सबै विषयलाई समेट्ने प्रयास गरिएको देखिन्छ: वर्षमान पुन हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै