१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

संवैधानिक परिषदले प्रधानन्यायाधीश नियुक्तिको सिफारिस किन गर्न सकेन ?

६ बैशाख २०८०, बुधबार ०७:०९

बैशाख ६, काठमाडौँ | प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओलीले संसदीय सुनुवाइ विशेष समिति गठन नभएसम्म प्रधानन्यायाधीश नियुक्ति नहुने भएकाले पहिले संसदीय समिति टुंगो लगाउनुपर्ने अडान लिएका छन् ।

ओलीले संसदीय सुनुवाइसहित अन्य विषयगत समितिको नेतृत्व टुंगो लगाउनुपर्ने प्रस्ताव राखेपछि बुधबारको संवैधानिक परिषद बैठक निष्कर्षविहीन भएको छ । थप छलफलपछि प्रधानन्यायाधीश सिफारिस गर्ने सहमति भएको राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले बताए ।


बैठकमा विपक्षी दलका नेता ओलीले संवैधानिक परिषद बैठकमा बाहेक सत्तापक्षलाई विपक्षी दलको नेताको आवश्यकता नदेखिएको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रश्न गरेका थिए ।

बैठकका एक सहभागीले भने, ‘प्रधानमन्त्रीले अरु एजेण्डा छैनन्, प्रधानन्यायाधीशको नाम सिफारिस गरौं भन्नुभयो । विपक्षी दलको नेताले अहिले संवैधानिक परिषदबाट सिफारिस भए पनि संसदीय सुनुवाइ समिति नबनेसम्म नियुक्ति प्रक्रिया अघि नबढ्ने भएकाले पहिले समिति गठनको विषय टुंग्याउनुपर्छ भन्नुभयो ।’

यो विषयमा दुईपटकसम्म बालुवाटार र बालकोटमा शीर्ष तहमा छलफल भएको स्मरण गराउँदै ओलीले प्रधानमन्त्रीको भूमिकाप्रति आपत्ति जनाएका थिए । एमालेले संसदीय समितिहरूको सभापतिसमेत दलीय आकार बमोजिम टुंगो लगाउनुपर्ने अडान लिएको छ ।

उसले विपक्षीले पाउने लेखा समितिसहित ४ समिति सभापति र दुई विशेष समितिमध्ये एकको नेतृत्व दाबी गरेको छ । त्यसपछि संवैधानिक परिषद बैठक बस्नु उपयुक्त हुने एमालेको अडान छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण