१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

मध्यवर्ती क्षेत्रको आवश्यकता छैन : सांसद बर्तौला

६ बैशाख २०८०, बुधबार ०९:२१

बैशाख ६, काठमाडौँ | नेकपा (एमाले) का सचेतक महेशकुमार बर्तौलाले मध्यवर्ती क्षेत्र आवश्कता नभएको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै उहाँले निकुञ्जको सीमा हेरफेर र मध्यवर्ती क्षेत्रलाई राष्ट्रिय वनको क्षेत्रको रुपमा अघि बढाउनुपर्ने उल्लेख गर्नुभयो ।


“आगामी बजेट बनाउँदा यस विषयमा सरकारको ध्यानकर्षण गराउन चाहान्छु” उहाँले भन्नुभयो । सांसद बर्ताैलाले मध्यवर्ती क्षेत्र आसपास नयाँ उद्योग सञ्चालन गर्न कठिनाइ भएको सम्बन्धमा सरकारको ध्यानकर्षण गराउँदै मध्यवर्ती क्षेत्रको समस्या दिगोरुपमा समाधान गर्न आग्रह गर्नुभयो । उहाँले राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा समस्या देखिएको सम्बन्धमा आफ्नो व्यक्तिगत र पार्टीका तर्फबाट स्वास्थयलाभको कामना गर्नुभयो ।

बैठकमा नेकपा (माओवादी केन्द्र) का सांसद लेखनाथ दाहालले गैरकानुनी रुपमा नागरिकको रुजु विवरण ठेक्का खारेज गर्ने सरकारको निर्णयको स्वागत गर्नुभयो । उहाँले यसवर्ष समयमै पाठ्यपुस्तक सबै विद्यालयमा पु¥याउन सकेकोप्रति सरकार र सम्बन्धित निकायलाई धन्यवाद दिनुभयो । उहाँले स्वदेशमै युरिया मल उत्पादन गर्नका लागि तत्काल योजना अघि बढाउन जरुरी रहेको उल्लेख गर्दै युरिया मल कारखाना छिट्टो भन्दा छिट्टो सञ्चालनमा ल्याउनका लागि आगामी बजेटमा समावेश गर्न आग्रह समेत गर्नुभयो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुमना श्रेष्ठले संसद् बैठक बस्दा ठूलो खर्च हुने गरेको बताउँदै अचानक संसद् बैठक स्थगित हुने गरेकोप्रति आपत्ति जनाउनुभयो । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपकबहादुर सिंहले लामो समयसम्म प्रधानमन्त्री संसद् बैठकमा उपस्थित नदेखिनुभएको भन्दै ध्यानाकर्षण गराउनुभयो । उहाँले ठूला भ्रष्टाचारका विषयमा अख्तियारले अध्ययन गर्न र मुद्दामा दायर गर्नका लागि ढिलाइ गरिरकेको सम्बन्धमा सभामुखमार्फत ध्यानाकर्षण गराउनुभयो । जनता समाजवादी पार्टी नेपालका सांसद रञ्जुकुमारी झाले मुलुकभित्रै रोजगारी सिर्जना गर्न र रासायनिक मल आपूर्तिमा भएको फरक निर्णय तत्काल फिर्ता लिन आग्रह गर्नुभयो ।

नेकपा (एकीकृत समाजवादी) का सांसद राजेन्द्रप्रसाद पाण्डेले बूढीगण्डकी आयोजना निर्माणका लागि आवश्यक बजेटको व्यवस्था भइसकेको उल्लेख गर्दै आयोजना तत्काल निर्माण गर्नका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण