१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

रविमाथि प्रचण्डको गम्भिर आरोप

७ बैशाख २०८०, बिहीबार ०५:५३

बैशाख ७, काठमाडौँ | राष्ट्रिय परिचयपत्र सम्बन्धिको ठेक्का प्रक्रियामा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि एकपछि अर्को गर्दै विभिन्न व्यक्तिहरुले गम्भीर टिप्पणी गर्दै आएका छन् ।

यो क्रम शिलशिलेबर चलिरहँदा बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’देखि अन्य नेताहरुले समेत आलोचनात्मक टिप्पणी गरे ।

उनीहरुले रविले गरेको राष्ट्रिय परिचयपत्रको ठेक्का प्रक्रियामा प्रश्न उठाउँदै उनको छविमाथि शंकाको घेरा बनाए ।

राष्ट्रिय परिचयपत्रको विवरणबारे तत्कालीन उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले लगाएको ठेक्काको विषय यतिबेला सर्वाधिक चर्चामा देखिन्छ ।

रवि आफैले यो विषयमा आफू कतै संलग्न नरहेको र प्रक्रियागत ढंगले आएको फाइलमा हस्ताक्षर गरेको भन्दै बदनियत नरहेको दाबी गरिरहेका छन् । तर, यस्तो ठेक्का प्रक्रियामा आर्थिक चलखेलको आशंका गर्दै रविविरुद्ध गम्भीर टिप्पणी हुन थालेका छन् ।

बुधबार उपचुनावी सभामा सहभागि हुन तनहुँ पुगेका प्रधानमन्त्री ’प्रचण्ड’ले रविको नाम नलिई राष्ट्रिय परिचयपत्रसम्बन्धि ठेक्कामा भ्रष्टाचारविरुद्ध कठोर कदम चालेको बताए ।

उनले भ्रष्टाचारविरुद्ध ठूला गफ हाँक्नेको असलीयत के हो भन्ने आफूहरूले देखेको समेत बताए ।

मन्त्रिपरिषद्को निर्णयबाटै ठेक्का प्रक्रिया खारेज गरेपछि यो विषय थप पेचिलो बन्न पुगेको छ । यो विषयमा अख्तियारले छानविन समेत गरिरहेको बताइन्छ ।

यस्तै, नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले ओली प्रवृत्तिका मानसपुत्रहरु सडकमा नेता बनेर हिँडेका आरोप लगाएका छन् ।

एमाले अध्यक्ष केपी ओलीलाई यदुवंशी मुसलको संज्ञा दिएका भुसालले राष्ट्रिय स्वतन्त्र पार्टीप्रति लक्षित गर्दै वैकल्पिक राजनीतिको नाममा आज ओली प्रवृत्तिका मानसपुत्रहरु सडकमा नेता बनेर हिँडेको आरोप लगाए ।

राष्ट्रिय परिचयपत्रको ठेक्का प्रक्रियामाथि प्रश्न मात्रै उठाइएको छैन् । यसमा भ्रष्टाचार नै भएको भन्दै प्रधानमन्त्री आफैले बोलेपछि भने विषय गम्भीर बन्न पुगेको छ ।

एक हप्तामै ठेक्का प्रक्रियामा पुगेको राष्ट्रिय परिचयपत्रको विषय एकपछि अर्को गर्दै रहस्यमय त बन्दैन ? प्रश्न उठ्न थालेको छ । यद्यपि रविले आफू यो विषयमा नियतबस कुनैपनि काममा संलग्न नभएको दाबी गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण