बैशाख ७, काठमाडौँ | एसीसी प्रिमियर कपमा बहराइनले सिङ्गापुरलाई २८७ रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा बहराइनले पूरै ओभर खेलेर ८ विकेटको क्षतिमा २८६ रन बनाएको हो।
बहराइनका लागि फियाज अहमदले ७९ र शाहबाज बदरले ७६ रन जोडे। फियाजले ४२ बलमा ५ चौका र १ छक्का प्रहार गर्दै अर्धशतक पूरा गरे।
बदरले भने ७६ बलमा ४ चौका १ छक्का प्रहार गरे।
सिङ्गापुरको लागि भने विनोथ बास्करन, थिलिपन ओमैदुराई, र रमेश कालिमुथुले २–२ विकेट लिए।