2026-09-21 03:43 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

एसीसी प्रिमियर कप क्रिकेटमा बहराइनको विजयी सुरुवात

बैशाख ७, काठमाडौँ | एसीसी प्रिमियर कप क्रिकेटमा बहराइनले विजयी सुरुवात गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको समूह बीको खेलमा सिंगापुरलाई १३२ रनको फराकिलो अन्तरले हराउँदै बहराइनले प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।

टस जितेर ब्याटिङ गरेको बहराइनले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २८६ रन बनाएको थियो ।

३२ रन हुँदा २ विकेट गुमाएको बहराइनका लागि सहबाज बाबर र सोहेल अहमदले तेस्रो विकेटका लागि १०५ रनको शतकीय साझेदारी गरे । सोहेलले ८० बलमा ६ चौकासहित ४६ रन बनाए ।

ओपनर सहबाज बाबरले ९८ बलमा ८ चौका र १ छक्का सहित ७६ रन बनाए ।

बहराइनका पाँचौं क्रमका ब्याटर फियाज अहमदले ५९ बलमा ९ चौका र १ छक्का सहित ७९ रन बनाए । ओपनर मोहम्मद योनिसले २३ रन बनाए ।

कप्तान हैदर बटले २५ बलमा ३ चौका र १ छक्का सहित २९ रन बनाए । सिंगापुरका लागि रमेश कालिमुथु, थिलिपन ओमाइदुराइ र विनोथ बसकरनले समान २–२ विकेट बनाए ।

बहराइनले दिएको २८७ रनको लक्ष्य पछ्याएको सिंगापुर ४३.१ ओभरमा १५४ रन बनाउँदै अलआउट भयो । सिंगापुरका लागि सुरेन्दरन चन्द्रमोहनले ६६ बलमा ४ चौका र १ छक्का सहित सर्वाधिक ५१ रनको अर्धशतकीय पारी खेले । विनोथ बसकरनले २३ तथा थिलिपन ओमाइदुराईले २० रन बनाए ।

बहराइनका लागि इम्ररान अन्वरले सर्वाधिक ४ विकेट लिए । रिज्वान बटले ३ र अब्दुल मजैदले २ विकेट तथा अलिदाउदले १ विकेट लिए ।

पहिलो खेलमा जितसहित बहराइन समुह बीको दोस्रो स्थानमा उक्लिएको छ । सिंगापुर पहिलो खेलमा हङकङसँग ८ विकेटले पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने