१० कार्तिक २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

प्रधानमन्त्रीलाई ओलीको प्रश्न- न्यायपालिका कहिलेदेखि र कसको कारण नेतृत्वविहीन भयो ?

८ बैशाख २०८०, शुक्रबार ०७:०७

वैशाख ८, काठमाडौं | प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओलीले नयाँ प्रधानन्यायाधीश सिफारिस गर्दा यसअघिका प्रधानन्यायाधीश कुन मितिबाट अवकाश भएको हो र के कारण भएको भनेर संवैधानिकरूपमा खुलाइनुपर्ने अडान लिएका छन् ।

यसअघि संवैधानिक परिषदको बैठकमा पनि विपक्षी दलका नेता ओलीले सिफारिसको निर्णय गर्दा प्रधानन्यायाधीश पद के कारणले रिक्त भएको हो भनेर खुलाउनुपर्ने संवैधानिक व्यवस्था सम्झाएका थिए ।

शुक्रबार प्रधानमन्त्रीसँग भएको छलफलमा पनि ओलीले सोही कुरा दोहोर्‍याएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल नाजवाफ भएको स्रोतले जनाएको छ । दाहालसहितको सत्ता गठबन्धनले तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई महाअभियोग लगाएर डेढ वर्षदेखि सर्वोच्च अदालत नेतृत्वविहीन छ ।

ओलीको भनाई उदृत गर्दै स्रोतले भन्यो, ‘डेढ वर्षदेखि के कारण अदालत नेतृत्वविहीन भयो ? प्रधानन्यायाधीश पद कहिलेदेखि के कारण रिक्त भयो ? तिथि मिति र कारण खुलाउनुपर्ने संवैधानिक व्यवस्था स्मरण गराउँछु । तपाईँहरूलाई चित्त नबुझेपछि भोलि फेरि अर्कोलाई पनि महाअभियोग लगाएर यसैगरी अनिर्णयको बन्दी नबनाउने के ग्यारेन्टी छ ? पहिले कारण खुलाएर निर्णय लेख्नुपर्छ ।’

ओलीले महाअभियोग लगाएर किन ७ महिनासम्म छलफल गरिएन र प्रतिनिधिसभाको कार्यकाल सकिएपछि संसदका महासचिवले महाअभियोग निष्क्रिय भएको पत्र दिएपछि पनि प्रधानन्यायाधीशलाई किन अदालत जान दिइएन भन्ने विषय समेत प्रष्ट हुनुपर्ने आशय व्यक्त गरेका छन् ।

सत्ता गठबन्धनले महाअभियोग अर्को संसदमा पनि निरन्तर रहने भनेको स्मरण गराउँदै फेरि छलफल गराएर उक्त महाअभियोग टुंगो लगाउने हो कि स्वार्थ पूरा भएपछि त्यसै छाड्ने हो भन्ने प्रश्न गरेका छन् ।

सत्ता गठबन्धनले २०७८ फागुन १ गते राणामाथि महाअभियोग लगाएको थियो । तर, पारित गर्ने दुई तिहाई बहुमत नभएकाले राणालाई अदालतमा फर्किनबाट रोक्ने नियतले लामो समय छलफल नगराइएको थियो । ओलीले सत्ता गठबन्धनले न्यायपालिकालाई आफ्नो निर्देशन बमोजिम चलाउँने नियत राखेको भन्दै यस्ता विषयमा जनतालाई प्रष्ट पारिनुपर्ने बताएका छन् ।

राणा महाअभियोगपछि अदालत जान पाएनन् र मंसिर २६ गते अवकाश भइसकेका छन् ।

ओलीले न्यायपालिकामाथिको हस्तक्षेप रोक्न आफूले उठाएको विषयको समाधान हुनुपर्ने र राणा अनिवार्य अवकाशमा गएर पद रिक्त भएको हो कि,कहिलेदेखि भएको भन्ने विषय निर्णयमा उल्लेख हुनुपर्ने बताएका छन् । शेरबहादुर देउवा र प्रचण्डले पटक-पटक प्रधान न्यायाधीशहरूमाथि महाअभियोग लगाएर न्यायपालिकामाथि हस्तक्षेप गरेको भन्दै ओलीले आफ्नो स्वार्थ नमिलेपछि अर्को प्रधानन्यायाधीशमाथि त्यस्तै हुन सक्ने भन्दै संवैधानिक परिषदको निर्णयमा प्रष्ट उल्लेख हुनुपर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
माओवादीको खबरदारी सभा आज : ३० हजार कार्यकर्ता सडकमा उतार्ने दाबी यु–१७ एसियन कपमा नेपाल कतारसँग ५–० गोलले पराजित रास्वपाले सरकारविरुद्धको आन्दोलनलाई आज पनि जारी राख्ने जावलाखेलमा जारी गोदावरी पुष्प मेलामा अवलोकनकर्ताको घुइँचो, २ दिनमा ४० लाखको कारोबार यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर आजको मौसम : पहाडी भूभागका केही स्थानमा वर्षाको सम्भावना सत्ता गठबन्धनले भन्यो- भिड जम्मा गरेर न्यायालयमाथि दबाब दिने गतिविधि विधिको शासन विपरीत सत्तारुढ दलले गरे एकसय दिनको समीक्षा, जारी गरियो सात बुँदे वक्तब्य खेलाडी पुरिएको घटना छानविनका लागि पहल गर्ने प्रचण्डको प्रतिबद्धता बालुवाटारमा सत्तारुढ दलको बैठक जारी, के हुँदैछ छलफल? ४० जनालाई  सिंगापुर पठाईदिने भन्दै करोडौं ठगी गरी फरार रहेका आचार्य कम्बोडियाबाट पक्राउ माइक्रो बस दुर्घटना : मनकामना दर्शन गर्न जाँदै थिए दुई परिवार, खाल्डो छल्न खोज्दा दुर्घटना राजेन्द्र महतोले दिए दल दर्ताको निवेदन, चुनाव चिह्न माछा यी हुन मन्त्रिपरिषद् बैठकका १२ निर्णय (सुचिसहित) बालेन लक्षित शंकर पोखरेलको टिप्पणी- र्‍याप गाउँदागाउँदै मेयर भएका व्यक्तिले राजनीति सुधार्न सक्दैनन् पाकिस्तानी राष्ट्रिय टीमका ओपनर अयुब र सफिकसहित ४२ खेलाडीहरूको एनपीएलमा चासो (नामावली) इजरायल र संयुक्त राष्ट्रसंघबीचको विवाद चरम बिन्दुमा एनपीएलको सबैभन्दा महँगो टिम पोखरासँग जोडिए दक्षिण अफ्रिकाका जोन्टि रोड्स सभापति पक्राउ विरोधमा माइतीघरमा रास्वपाको प्रदर्शन भारतको ओडिशा राज्यको तटीय क्षेत्रमा आइपुग्यो ‘दाना’ चक्रवात, नेपालमा असर कति ?