2026-10-15 02:45 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धादिङ्ग - DHG

माइक्रो बस दुर्घटना : मनकामना दर्शन गर्न जाँदै थिए दुई परिवार, खाल्डो छल्न खोज्दा दुर्घटना

धादिङ | धादिङको थाक्रे गाउँपालिका–६ नौकिलामा दुर्घटनामा परेको माइक्रोबसमा सवार यात्रुहरू मनकामना मन्दिरको दर्शन गर्न गोरखा जाँदै गरेका थिए। भक्तपुरको धुवाँकोटबाट माइक्रो रिजर्भ गरेर यात्रा गर्दै गरेका दुई परिवारको यो यात्रा दुर्घटनामा परिणत भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।

घटनाबारे जानकारी अनुसार, ७० वर्षीय केदार कुमारी श्रेण्ठको ६ जनाको परिवार र ४२ वर्षकी राधिका कटुवालको ४ जनाको परिवार माइक्रो रिजर्भ गरेर मनकामना जाँदै थिए। माइक्रो चालक गंगा बहादुर बस्नेत (३०) का अनुसार, आज दिउँसो १२ बजे भक्तपुरबाट गोरखाको लागि माइक्रो गुडेको थियो।

धादिङको थाक्रे गाउँपालिका–६ नौकिलामा आइपुग्दा, सडकको ठूलो खाल्डो छल्न खोज्दा स्टेरिङ नमोडिएको कारण गाडी सडकबाट तल खस्न पुगेको उनले बताए। “त्यस्तो कुनै समस्या थिएन,” बस्नेतले भने। “सडकको बीचमा एउटा ठूलो खाल्डो रहेछ। खाल्टो छलाउन खोज्दा स्टेरिङ घुमाउन मिलेन र एक्कासी सडकबाट तल हुत्तियो।”

दुर्घटनामा घाइते हुनेमा चालक दोलखा, गौरीशंकर गाउँपालिका–३ बस्ने वर्ष ३० को गंगाबहादुर बस्नेत (टाउको र हातमा चोट, अवस्था सामान्य) रहेका छन्।

यस्तै, माइक्रोमा सवार रामेछाप घर भई भक्तपुर, चागुनारायण नगरपालिका–१ बस्ने वर्ष ७० की केदारकुमारी श्रेण्ठ (कम्मरमा चोट, सामान्य), सोही स्थानका ४२ वर्षकी राधिका कटुवाल (करङमा चोट, अवस्था सामान्य), सोही स्थानका ४२ वर्षका कुमार कटुवाल (ढाड र छातीमा चोट, मध्यम), १२ वर्षका विवस कटुवाल (मुख, शरीर अन्य भागमा चोट, अवस्था सामान्य) रहेको धादिङ प्रहरीले जनाएको छ।

यस्तै, १५ वर्षका सुरज श्रेष्ठ (शरीरको विभिन्न भागमा चोट, अवस्था सामान्य), १६ वर्षकी विनिता कटुवाल (बाहिरी चोट नभएको, अवस्था सामान्य), सोही स्थानका ३९ वर्षकी संगीता श्रेष्ठ (निधार र कम्मरमा चोट, अवस्था सामान्य), ४० वर्षकी नारनबहादुर श्रेष्ठ (टाउको र दाहिने हात तथा शरीरको विभिन्न भागमा चोट, मध्यम) रहेका छन्। सोही स्थानका १० वर्षका सुदीप श्रेष्ठ (दाहिने खुट्टा कम्मरमा चोट, (अवस्था सामान्य) र ४५ वर्षको नारायण दास श्रेष्ठ (निधार ढाड र टाउकोमा चोट, बोल्न सक्ने, मध्यम) रहेको प्रहरीले जनाएको छ।

घाइतेहरूको उपचार महादेवबेसीस्थित टाइम्स केयर अस्पतालमा भइरहेको छ, र प्रहरीका अनुसार उनीहरूको अवस्था सामान्य रहेको छ।

शुक्रबार (आज) दिउँसो बागमती प्रदेश ०१ ०३० च ७६५९ नम्बरको विद्युतीय भ्यान (ईभी) अनियन्त्रित भइ सडकबाट १५–२० मिटर तल खस्दा यो दुर्घटना भएको हो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने