१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सुदूरपश्चिम सरकारले केही दिनमै पूर्णता पाउँछ : मुख्यमन्त्री शाह

८ बैशाख २०८०, शुक्रबार १०:४२

वैशाख ८, काठमाडौँ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सरकारले केही दिनमै पूर्णता पाउने बताउनुभएको छ ।  

नेपाल प्रेस युनियन बैतडीले गोठलापानीमा आयोजना गरेको पत्रकार सम्मेलनमा मुख्यमन्त्री शाहले  उपनिर्वाचन लगत्तै केही दिनमै प्रदेश सरकारले पूर्णता पाउने बताउनुभएको हो । 

उहाँले भन्नुभयो, “केन्द्रमा गठबन्धन सरकार बनेकाले सोहीअनुसार प्रदेश सरकार बन्छ, केन्द्रीय गठबन्धनअनुसार प्रदेश सरकार विस्तार हुने भएकाले उपनिर्वाचनपछि सुदूरपश्चिम सरकारले पनि पूर्णता पाउँछ ।”

नेपाली कांग्रेसबाट मुख्यमन्त्री बनेका शाहलाई कांग्रेससहित नेकपा (माओवादी केन्द्र), नेकपा एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी र एक स्वतन्त्र सांसदको समर्थन छ । शाह माघ २६ गते मुख्यमन्त्रीमा गत माघ २६ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएको हो । 

मुख्यमन्त्री शाहले पश्चिम सेती परियोजनाको काम अघि बढाइने जानकारी दिनुभयो ।  उहाँले भन्न्नुभयो, “पश्चिम सेती सुदूरपश्चिम प्रदेशको मात्रै नभएर देशकै भविष्यसँग जोडिएको छ, यो परियोजनाले विकासमा सहयोग पु¥याउने भएकाले अबको छ महिनाभित्र देखिने गरेर काम अगाडि बढ्ने विश्वास छ ।” 

पहिलोपटक जिल्ला भ्रमणमा रहेकाले जिल्लाको वस्तुस्थिति बुझ्ने सोहीअनुसार आगामी वर्षको बजेट र कार्यक्रम तर्जुमा गरिने विश्वास दिलाउनुभयो । 

उहाँले भन्नुभयो, “मुख्यमन्त्री भइसकेपछि म प्रदेशका सबै जिल्ला भम्रण गर्न गइरहेको छु, सबै जिल्लाको वस्तुस्थिति बुझेर सोहीअनुसार बजेट निर्माण गर्छौं ।” सुदूरपश्चिम प्रदेशको विकासका लागि लगानीकर्तालाई आह्वान गरेको र निर्धक्करुपमा लगानी गर्न आग्रह गर्नुभयो ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण