वैशाख ८, काठमाडौं | एक दिवसीय क्रिकेटमा सबैभन्दा छिटो १०० विकेट लिने दुर्लभ कीर्तिमान बनाएपछि नेपाली स्पिनर सन्दीप लामिछानेलाई पूर्वकप्तान पारस खड्काले बधाई दिएका छन्।
एसिसी प्रिमियर कपमा क्रिकेटअन्तर्गत नेपालले दिएको ३११ रनको चुनौती पछ्याउने क्रममा ओमानमा आदिल सफिकलाई आउट गरेसँगै सन्दीपले ओडीआई क्रिकेट इतिहासमा सबैभन्दा छिटो १ सय विकेट लिने विश्व कीर्तिमान बनाएका थिए।
सन्दीपले ४२ खेलमा एक सय विकेट लिँदै अफगानिस्तानका रसिद खानको कीर्तिमान तोडे। त्यसपछि पूर्वकप्तान पारसले सन्दीपलाई बधाई दिएका हुन्।
‘वर्ल्ड रेकर्ड एलर्ट। फास्टेस्ट इभर टु हन्ड्रेड ओडिआई विकेटस्। वेलडन सन्दीप लामिछाने’, पारसले सामाजिक सञ्जालमा बधाई दिँदै भनेका छन्।