१० कार्तिक २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

शान्ति प्रक्रियालाई समग्रतामा पूर्णता दिनुछ : उपप्रधानमन्त्री श्रेष्ठ

९ बैशाख २०८०, शनिबार ०९:२५

बैशाख ९, काठमाडौँ | उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजनीतिक उपलब्धि माथि चौतर्फी आक्रमण भइरहेको बताउनुभएको छ । प्रेस सेन्टर नेपाल उपत्यका प्रदेश समितिको साधारणसभालाई आज सम्बोधन गर्दै उहाँले यो वा त्यो कोणबाट उपलब्धि माथि आक्रमण बढिरहेको बताउनुभयो । 

प्रतिगमनलाई परास्त गर्न राजनीतिक दलहरु अझै सचेत भएर लाग्नुपर्नेमा जोड दिँदै उहाँले जनसङ्घर्षबाट प्राप्त उपलब्धिको रक्षा गर्नु अहिलको आवश्यकता रहेको बताउनुभयो । “संविधानका उपलब्धिलाई औपचारिकरुपमा नै खोस्ने वा संविधानका प्रावधानलाई उल्लङ्घ गर्ने प्रवृत्ति देखा परेका छन्”, उहाँले भन्नुभयो, “त्यस्ता प्रवृत्तिविरुद्ध हामी लड्यौँ, त्यसलाई परास्त बनायौँ ।”

शान्ति प्रक्रियाको बाँकी काम पूरा गर्नुपर्ने दायित्व वर्तमान सरकारको काँधमा रहेको भन्दै उहाँले संविधानमार्फत उपलब्धिलाई संस्थागत तथा सेना समायोजन सम्पन्न भएको र अब सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित काम बाँकी रहेको बताउनुभयो । सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानिबन आयोगलाई पूर्णता दिएर मात्रै शान्ति प्रक्रियाको बाँकी काम पूरा गर्न सकिने उहाँको भनाइ छ । 

“शान्ति प्रक्रियाको बाँकी काम हरहालतमा पूरा गर्नुछ, दशकभन्दा बढी बित्यो, तर हामीले त्यो काम पूरा गर्न सकिराखेका छैनौँ, संविधान जारी गरेको पनि सात वर्ष पूरा भइसक्यो, शान्ति प्रक्रियालाई पूरा हुन नदिन विभिन्न प्रयत्न भइरहेका छन्, त्यस्ता प्रयत्नलाई असफल पार्दै शान्ति प्रक्रियालाई समग्रतामा पूर्णता दिनुछ”, उहाँले भन्नुभयो । 

उपप्रधानमन्त्री श्रेष्ठले राष्ट्रिय सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाभिमान र स्वाधीनताको रक्षा तथा राष्ट्रिय सुरक्षालाई सुदृढ पार्नु वर्तमान सरकारको प्रमुख कार्यभार भएको बताउनुभयो । मुलुकलाई आर्थिक सामाजिकरुपमा समृद्धि बनाउने तत्कालिक कार्यभार भएको उहाँको भनाइ छ । 

प्रेस सेन्टरका इञ्चार्ज महेश्वर दाहालले श्रमजीवी पत्रकारको हितमा सेन्टरले आवाज बुलन्द गर्दै आएको बताउनुभयो । अहिले श्रमजीवी पत्रकारको अवस्था गम्भीर रहेको उल्लेख गर्दै उहाँले श्रमजीवी पत्रकारको दायित्व पूरा गर्न सरकार लाग्नुपर्ने बताउनुभयो । “सरकारी विज्ञापनलाई एकद्वार प्रणालीबाट वितरण गर्नुपर्छ, राज्यको रु छ अर्बको विज्ञापन छ, त्यो विचौलियाको हातमा छ, यसलाई सरकारले व्यवस्थित बनाउन सक्यो भने मात्र मिडिया बाँच्दछ”, उहाँले भन्नुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
माओवादीको खबरदारी सभा आज : ३० हजार कार्यकर्ता सडकमा उतार्ने दाबी यु–१७ एसियन कपमा नेपाल कतारसँग ५–० गोलले पराजित रास्वपाले सरकारविरुद्धको आन्दोलनलाई आज पनि जारी राख्ने जावलाखेलमा जारी गोदावरी पुष्प मेलामा अवलोकनकर्ताको घुइँचो, २ दिनमा ४० लाखको कारोबार यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर आजको मौसम : पहाडी भूभागका केही स्थानमा वर्षाको सम्भावना सत्ता गठबन्धनले भन्यो- भिड जम्मा गरेर न्यायालयमाथि दबाब दिने गतिविधि विधिको शासन विपरीत सत्तारुढ दलले गरे एकसय दिनको समीक्षा, जारी गरियो सात बुँदे वक्तब्य खेलाडी पुरिएको घटना छानविनका लागि पहल गर्ने प्रचण्डको प्रतिबद्धता बालुवाटारमा सत्तारुढ दलको बैठक जारी, के हुँदैछ छलफल? ४० जनालाई  सिंगापुर पठाईदिने भन्दै करोडौं ठगी गरी फरार रहेका आचार्य कम्बोडियाबाट पक्राउ माइक्रो बस दुर्घटना : मनकामना दर्शन गर्न जाँदै थिए दुई परिवार, खाल्डो छल्न खोज्दा दुर्घटना राजेन्द्र महतोले दिए दल दर्ताको निवेदन, चुनाव चिह्न माछा यी हुन मन्त्रिपरिषद् बैठकका १२ निर्णय (सुचिसहित) बालेन लक्षित शंकर पोखरेलको टिप्पणी- र्‍याप गाउँदागाउँदै मेयर भएका व्यक्तिले राजनीति सुधार्न सक्दैनन् पाकिस्तानी राष्ट्रिय टीमका ओपनर अयुब र सफिकसहित ४२ खेलाडीहरूको एनपीएलमा चासो (नामावली) इजरायल र संयुक्त राष्ट्रसंघबीचको विवाद चरम बिन्दुमा एनपीएलको सबैभन्दा महँगो टिम पोखरासँग जोडिए दक्षिण अफ्रिकाका जोन्टि रोड्स सभापति पक्राउ विरोधमा माइतीघरमा रास्वपाको प्रदर्शन भारतको ओडिशा राज्यको तटीय क्षेत्रमा आइपुग्यो ‘दाना’ चक्रवात, नेपालमा असर कति ?