२०८२, ४ फाल्गुन सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

सिंगापुरमाथि यूएईको २०१ रनको फराकिलो जित

२०८०, १० बैशाख आईतवार ११:३५

वैशाख १०, काठमाडौँ । एसीसी प्रिमियर कप क्रिकेटमा यूएईले सिंगापुरमाथि २०१ रनको फराकिलो जित हात पारेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा ४७२ रनको लक्ष्य पाएको सिंगापुरले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २७० रन मात्र बनाउन सक्यो । सिंगापुरका लागि मनप्रित सिंहले ६४ बलमा ५ चौका र ४ छक्का प्रहार गर्दै सर्वाधिक ६६ रनको अर्धशतकीय पारी खेले । थिलिपन ओमाइदुराईले ५६ बलमा ४चौका र ३ छक्कासहित ५२ रनको अर्धशतकीय पारी खेले ।

ओपनर ब्याटर कप्तान अरित्र दत्तले ३२ बलमा ४ चौका र ३ छक्कासहित ३८ रन बनाए । त्यस्तै, सुरेन्द्ररन चन्द्रमोहनले पनि ६ चौकासहित समान ३८ रन बनाए ।

यूएईका लागि आयान अफ्जल खान, सन्चित शर्मा र कात्र्तिक मैयापनले समान २–२ विकेट लिए । त्यस्तै, जुनैद सिद्धकी, रोहन मुस्तफा र जहुर खानले १–१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको यूएईले दुई खेलाडीको शतकमा त्रिवि क्रिकेट मैदानमा हालसम्मकै उच्च ४७१ रन बनाएको हो ।

यूएईका लागि कप्तान मोहमद वासिम र वृत्य अरबिन्दले शतकीय पारी खेले । २२ रनमा पहिलो विकेट गुमाएको यूएईका उनीहरुले दोश्रो विकेटका लागि २४६ रनको साझेदारी गरेको थिए ।

१७४ रन बनाएका अरबिन्दले १७ चौका र ७ छक्का हाने । वासिमले विस्फोटक ब्याटिङ गर्दै ८२ बलमा १६० रन बनाए । उनले ९ चौका र १६ छक्का हाने । आयान अफजल खानले ५० बलमा ७४ रन बनाए ।

सिंगापुरका आदित्य भरगाभाले ८ ओभर बलिङ गर्दै ८५ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । रमेश कालिमुथुले ८ ओभरमा ७३ रन खर्चेर ३ विकेट लिए । विनोथ बस्करनले २ विकेट लिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँको फोहोर व्यवस्थापनमासमेत अन्तर्राष्ट्रिय चलखेल हुन्थ्यो: बालेन शाह आगामी निर्वाचनपछि बलियो सरकार बन्छ, जनताको समस्या समाधान हुन्छ : लामिछाने कांग्रेसले बोलायो अनुशासन समितिको बैठक लागू औषध ब्राउन सुगरसहित चार जना पक्राउ सुनचाँदीको मुल्य घट्यो पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध बिजुलीको पोलमा नेटको काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु राप्रपाकाे संकल्प : नेपाल बन्द नगर्ने, भ्रष्टाचार अन्त्य गर्ने अब काठमाडौँ उज्यालोको किल्ला हुन्छ: कुलमान घिसिङ राजनीतिमा अहिले परिपक्वताभन्दा पनि बढी आवेग देखिएको छ: महामन्त्री पौडेल आउँदो बुधबार र बिहीबार सार्वजनिक बिदा फेब्रुअरी १२ मा देशले पूर्व नियोजित, भ्रामक र कपटी चुनाव देख्यो: शेख हसिना लागुऔषधसहित २ जनालाई पक्राउ फेवातालमा कार खस्दा चालकको मृत्यु प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ विज्ञहरूको सुझावका आधारमा विकासका काम गर्छु: सभापति थापा कांग्रेस नयाँ पुस्ताको प्रतिनिधित्व गरेर अगाडि बढ्छ: महामन्त्री घिमिरे