वैशाख १२, काठमाडौँ । नेपालमा जारी एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा खराब ब्याटिङ गर्दै कुवेतलाई ११४ रनको लक्ष्य दिएको छ ।
टीयू क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सिंगापुरले ३१.४ ओभरमा सबै विकेटको क्षतिमा ११३ रन मात्रै बनाए । सिंगापुरका अमात्र्या काउलले ४५, मनप्रित सिंहले २८ र थिलिपन ओमाईदुराईले १३ रन बनाए ।
बलिङतर्फ कुवेतका मोहम्मद अस्लामले पाँच विकेट लिए । उनले ८.४ ओभरमा २० रन खर्चिएर पाँच विकेट लिएका हुन् । त्यस्तै, शिराज खानले तीन विकेट लिए ।
समूह ‘बी’ मा रहेको कुवेतले सिंगापुरलाई हराए उसको सेमिफाइनल पुग्ने सम्भावना कायमै रहन्छ । कुवेतले आफ्नो अन्तिम खेल हङकङसँग खेल्नेछ । यता, लगातार तीन खेलमा पराजित भएको सिंगापुर भने यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेको छ ।